Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

काठमाडौँ महानगरको आफ्नै खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला सञ्चालनमा

काठमाडौँ महानगरको आफ्नै खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला सञ्चालनमा

images
  • काठमाडौँ महानगरको आफ्नै खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला सञ्चालनमा
    images
    images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाद्य वस्तुको गुणस्तर परीक्षणलाई थप प्रभावकारी बनाउन आफ्नै अत्याधुनिक खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँ प्लाजाको पाँचौँ तलामा रहेको प्रयोगशालाको उद्घाटन गरेकी छन्।

    images
    images
    images

    अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्थापना गरिएको प्रयोगशालामा इकोलाई, साल्मोनेला, स्टाफिलोकोकस ओरियस, कुल जीवाणु गणना, कुल ढुसी गणना तथा फिकल कोलिफर्मलगायत रोगजन्य सूक्ष्मजीवहरूको परीक्षण गरिनेछ। प्रयोगशाला सञ्चालनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार कार्यविधि तयार गरिएको महानगरले जनाएको छ।

    images
    images
    images

    उद्घाटनका क्रममा डंगोलले अब बजार अनुगमनका क्रममा खाद्य वस्तुको गुणस्तर अनुमानका आधारमा नभई वैज्ञानिक परीक्षणका आधारमा मूल्याङ्कन गरिने र परीक्षणबाट प्राप्त प्रमाणकै आधारमा कानुनी कारबाही गरिने बताएकी छन्। महानगरले हालसम्म ३ हजार ९० जना खाद्य व्यवसायीलाई खाद्य स्वच्छता तथा उपभोक्ता अधिकारसम्बन्धी तालिम प्रदान गरिसकेको पनि उनले जानकारी दिएकी छन्।

    images
    images
    images

    महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले प्रयोगशाला सञ्चालनसँगै खाद्य स्वच्छता अनुगमन, नियमन र निर्णय प्रक्रिया थप वैज्ञानिक, छिटो र विश्वसनीय हुने बताएका छन् । 

    खाद्य स्वच्छता विज्ञ सल्लाहकार जीवनप्रभा लामाले महानगरको यो पहललाई खाद्य स्वच्छता अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गर्नुभयो। उहाँका अनुसार कानुनी व्यवस्था, प्रभावकारी कार्यान्वयन, खाद्य निरीक्षण, प्रयोगशाला सेवा र उपभोक्ता सचेतना खाद्य स्वच्छताका मुख्य आधार हुन् र महानगरले यी सबै क्षेत्रमा समानान्तर रूपमा काम अघि बढाएको छ।

    महानगरका अनुसार प्रयोगशालामा नमूना दर्तादेखि परीक्षण प्रतिवेदन तयार पार्ने सम्पूर्ण प्रक्रिया वैज्ञानिक विधिअनुसार सञ्चालन हुनेछ। नमूना संकलन, तयारी, संवर्धन, सूक्ष्मजीव पहिचान, परिणाम विश्लेषण र प्रतिवेदन प्रणाली गुणस्तर व्यवस्थापन मापदण्डअनुसार सञ्चालन गरिनेछ। आगामी चरणमा अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला मान्यता प्राप्त गर्ने लक्ष्य पनि महानगरले राखेको छ ।

    यस प्रयोगशालाको सञ्चालनसँगै काठमाडौँ महानगरपालिकाले खाद्य स्वच्छता अनुगमनलाई थप वैज्ञानिक, पारदर्शी र प्रमाणमा आधारित बनाउँदै अस्वच्छ तथा गुणस्तरहीन खाद्य वस्तुको बिक्रीवितरण नियन्त्रणमा प्रभावकारी कदम चालेको अपेक्षा गरिएको छ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।