Logo

२०८३, आश्विन ९गते


images
images

बहराइन र कुवेतका अमेरिकी सैन्य अड्डामा इरानको ड्रोन आक्रमण

बहराइन र कुवेतका अमेरिकी सैन्य अड्डामा इरानको ड्रोन आक्रमण

images
  • बहराइन र कुवेतका अमेरिकी सैन्य अड्डामा इरानको ड्रोन आक्रमण
    images
    images

    काठमाडौँ । इरानले बहराइनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको दाबी गरेको छ । इरानी सेनाले दक्षिणी इरानमा भएको अमेरिकी हवाई आक्रमणको जवाफस्वरूप बहराइनको शेख ईसा हवाई अड्डामा तैनाथ अमेरिकी सैनिकलाई निशाना बनाइएको जनाएको छ ।

    images
    images
    images

    इरानी सेनाले विज्ञप्ति जारी गर्दै अमेरिका बारम्बार युद्धविराम उल्लंघन गरिरहेको आरोप लगाएको छ । साथै अब मध्यपूर्व क्षेत्रमा रहेका सबै अमेरिकी सैन्य अड्डा आफ्ना सैन्य ड्रोनको निशानामा रहेको चेतावनी पनि दिएको छ ।

    images
    images
    images

    यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले बहराइन र कुवेतमा रहेका ८५ अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल र ड्रोनमार्फत संयुक्त आक्रमण सञ्चालन गरेको दाबी गरेको छ । आईआरजीसीका अनुसार बहरेनस्थित अमेरिकी पाँचौँ जलसेना मुख्यालय र कुवेतको अली अल–सलेम हवाई अड्डा पनि आक्रमणको निशानामा परेका छन् ।

    images
    images
    images

    बढ्दो तनावका बीच बहराइन र कुवेतमा बुधबार हवाई हमलाको चेतावनी दिने साइरन बजाइएको छ । बहराइनको गृह मन्त्रालयले नागरिकलाई शान्त रहन र नजिकको सुरक्षित स्थानमा जान आग्रह गरेको छ भने कुवेतले पनि देशभर साइरन सक्रिय गरिएको जनाएको छ ।

    यद्यपि, बहराइन, कुवेत वा अमेरिकाले हालसम्म कुनै आक्रमण भएको वा क्षति पुगेको आधिकारिक पुष्टि गरेका छैनन्। इरानका दाबीहरू स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।