Logo

२०८३, आश्विन १०गते


images
images

प्रतिनिधि सभा

आन्दोलनरत दृष्टिविहीनको माग सम्बोधन गर्न हर्क साम्पाङको सरकारलाई ध्यानाकर्षण

आन्दोलनरत दृष्टिविहीनको माग सम्बोधन गर्न हर्क साम्पाङको सरकारलाई ध्यानाकर्षण

images
  • आन्दोलनरत दृष्टिविहीनको माग सम्बोधन गर्न हर्क साम्पाङको सरकारलाई ध्यानाकर्षण
    images
    images

    काठमाडौं । श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले माइतीघरमा आन्दोलनरत दृष्टिविहीनको माग सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

    images
    images
    images

    प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद साम्पाङले माइतीघरमा आन्दोलनरत दृष्टिविहीनहरुले आफुहरुले सक्ने रोजगारको व्यवस्था गर्न गरेको माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।  

    images
    images
    images

    साम्पाङले कि त आन्दोलनरत दृष्टिविहीनलाई सडकमा गीत गाएर गुजारा गर्ने वातावरण बनाई दिनु पर्ने कि गुजाराका लागि सरकारले एकैचोटी नसके पनि क्रमशः रोजगारी दिलाउनु पर्ने माग गरे । उनले दृष्टिीविहीनलाई यो महिनादेखि १०-१५ जनालाई रोजगारी दिने काम थालनी गर्न समेत सुझाव दिए ।

    images
    images
    images

    उनले सरकारको चाहना सबैकुरा चिटिक्कै होस् भन्ने चाहना भए पनि सबैको जीवन सरकारका मन्त्रीहरुको जस्तो ‘चिटिक्क’ नहुने कटाक्ष गरेका थिए । 

    सांसद साम्पाङले प्रधानमन्त्रीले संसदबाट दिएको अभिव्यक्ति संसदमै आएर सच्याउनु पर्छ भन्ने आफूहरुको माग कायम रहेको बताउदै यस विषयमा सभामुखले रुलिङ गर्न माग गरे । साथै उनले संसद अराजक हुदै गएको र सरकारका मन्त्री र प्रधानमन्त्रीले संसदको अवाज नसुनेको भन्दै यसलाई सहि बाटोमा ल्याउन सभामुखको ध्यानाकर्षण गराएका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अध्यक्ष हर्क साम्पाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।