देवदह । देवदह नगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण तथा पदस्थापनाको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६० पोइन्ट रगत संकलन भएको छ ।
नगरपालिका भवनमा सोमबार दिउँसो ११ बजेदेखि ४ बजेसम्म संचालन भएको उक्त कार्यक्रममा निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्य, निर्वाचन अधिकृतको कार्यालयका कम्प्युटर अपरेटर बुद्धि पराजुली लगायतले रक्तदान गरेका थिए ।
आफू निर्वाचित भएपछि आर्थिक रुपमा विपन्न बर्गलाई नि:शुल्क र अन्य सम्पुर्ण देवदहवासीलाई न्युनतम शुल्कमा स्वास्थ्य विमा कार्यक्रममा सहभागी गराउने कामलाई आफुले प्राथमिकतामा राखेको बताउँदै आएका नगर प्रमुख ध्रुब खरेलेको पहलमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
रक्त संचार सेवाकेन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा उत्साहपुर्ण सहभागीता रहेको नगरपालिका कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology