देवदह । देवदह नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको सपथ ग्रहण र पदस्थापना कार्यक्रम सोमबार सम्पन्न भएको छ । पदस्थापना संगै जनप्रतिनिधिहरूले गरेका विभिन्न निर्णयहरू बाहिरिएका छन् । सोही क्रममा देवदह नगरपालिका वडा नं. ५ ले पनि विभिन्न निर्णयहरू गरेको छ ।
वडाध्यक्ष गणेश डुम्रेको अध्यक्षतामा बसेको प्रथम बैठकले महत्त्वपूर्ण ९ वटा निर्णय गरेको वडा कार्यालयले जनाएको छ । जसमा उक्त वडामा अवस्थित केरवानी माविको कक्षा ५ सम्मको सम्पूर्ण शुल्क वडा कार्यालयले व्यहोर्नेदेखि कार्यालय प्रयोजनका लागि सेवाग्राहीलाई निशुल्क फोटोकपी हुँदै मुस्कान र संस्कार सहितको प्रशासन सेवासम्मका निर्णयहरू रहेका छन् ।
हेर्नुहोस् वडा कार्यालयको प्रथम बैठकका ९ वटा निर्णयहरू जस्ताको तस्तै :
१. नेपालको सम्बिधान २०७२ मै मा बि तह सम्मको निशुल्क शिक्षाको अधिकार सुनिस्चित गरेको भएता पनि त्यसको ब्यवहारिक कार्यान्वयन नभएको अवस्थामा देवदह ५ मा निशुल्क शिक्षाको अवधारणालाई ब्यवहारिक रुपमै लागू गर्ने गरि यस वडामा संचालित सामुदायिक बिधालयमा कक्षा ५ सम्म अभिभावकबाट कुनै पनि शुल्क नलिने गरि पुर्ण निशुल्क शिक्षा कार्य लागू गर्ने उक्त अभियानको लागि अभिभावक बाट उठाउने बार्शिक शुल्क बाराबरको रकम वडा कार्यालय बाट ब्यवस्था गर्ने।यो आगामी आर्थिक बर्ष २०७९/८० को साउन १ गते बाट लागू हुने छ।
२. यस वडा कार्यालय बाट हुने सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउन कार्यलय प्रयोजनका लागि आवश्यक कागजपत्रको लागि निशुल्क फोटोकपि सुबिधा उपलब्ध गराउने
३. यस वडा कार्यालयमा हुने जन्म दर्ता, मृत्युदर्ता, बिबाह बसाइँसराइ , सम्बन्ध बिच्छेद लगायतको अनलाइन इन्ट्री कोड लिने कार्य वडा कार्यालयबाट नै गर्ने ब्यवस्था मिलाउने ।
४. सेवाग्राहिको लागि आवश्यक आबेदन फारम वडा कार्यालयबाट निशुल्क उपलब्ध गराउने, शिक्षित र फारम भर्न सक्नेको लागि आफै भर्न अभिप्रेरित गर्ने , जनप्रतिनिधिबाट लेखन कार्यमा सहयोग गर्ने र आफै लेख्न नसक्नेको लागि मात्रै बाह्य् लेखकबाट न्युनतम शुल्कमा लेख्ने ब्यवस्था गर्ने।
५. अपाङ्ग असक्तलाइ घरमै / अनलाइन डकुमेन्ट सेवा उपलब्ध गराउने।
६. अव्यवस्थित, सुकुम्बासी जग्गा नापजाँच कार्यलाई पहिलो प्राथमिकता दिदै लालपुर्जा बितरणको लागि उच्चतम महत्त्वका साथ काम गर्ने
७. वडा कार्यलयमा आउने सेवाग्राही, जनप्रतिनिधि र कर्मचारीको लागि फिल्टर जडान गरि शुद्ध खानेपानी सुबिधा उपलब्ध गराउने ।
८. पुर्ण सरसफाइ वडा बनाउने अभियान यहि जेष्ठ २२ गते बिश्व बाताबरण दिवसको अवसरमा बृहत् सरसफाइ कार्यक्रम सहित उक्त अभियानको शुभारम्भ गर्ने, आगामी ६२ हप्ता भित्र देवदह नगरपालिका वार्ड न ५ लाई पुर्ण सरसफाइ युक्त नमुना वडा बनाउन अभियान संचालन गर्ने सर्वसम्मत निर्णय गरियो।
९. मुस्कान र सस्कार सहितको छिटो छरितो बिना झन्झट प्रशासनिक सेवा उपलब्धता गराउने।
सो क्रममा नवनिर्वाचित अध्यक्ष गणेश डुम्रेको व्यक्तिगत सहयोगमा विशिष्ट शारीरिक क्षमता भएका यादव भुसाललाई व्हिलचियर प्रदान गरिएको थियो भने वडा कार्यालय परिसरमा फूल तथा बृक्ष लगाएर कार्यकक्षमा प्रवेश गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology