Logo

२०८३, आश्विन १०गते


images
images

देवदह नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको पदस्थापना कार्यक्रम सम्पन्न

देवदह नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको पदस्थापना कार्यक्रम सम्पन्न

images
  • देवदह नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको पदस्थापना कार्यक्रम सम्पन्न
    images
    images

    देवदह । देवदह नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको पदभार ग्रहण सम्पन्न भएको छ । सोमबार देवदहको पाठक फुडल्याण्डमा आयोजित सपथ ग्रहण समारोहपछि नगरप्रमुख ध्रुव प्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले देवदह नगरपालिकाको कार्यालयमा तथा ११ वटा वडाका वडा अध्यक्ष तथा सदस्यहरुले सम्बन्धित वडा कार्यालयमा पदभार ग्रहण गरेका छन् ।

    images
    images
    images

    नगर प्रमुखको कार्यकक्षमा पदभार ग्रहण गर्दै नवनिर्वाचित नगरप्रमुख खरेलले २ वटा विशेष निर्णय गरिएको जानकारी दिए । सरकारको निति अनुरुप पूर्ण स्वास्थ्य बिमायुक्त नगरपालिका बनाउनका लागि सबै नगरबासीलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन आह्वान गर्ने निर्णय गरिएको बताउँदै अति बिपन्न, अल्पसंख्यक, बंचितीकरणमा परेका बिभिन्न लक्षित समुह भित्रका नागरिकलाई सहुलियत प्रदान गरिने बताए ।

    images
    images
    images

    सोको लागि प्रथम चरणमा अशक्त नागरिक, स्वास्थ्य संस्थामा कार्यरत महिला स्वास्थ्य स्वयंसेवीका तथा सरसफाई कर्मचारीहरुको निशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरिएको जानाकारी दिए  । नगरप्रमुख खरेलले आफुले नगरको सुशासन प्रवद्र्धनका लागि प्रत्येक ६/६ महिनामा सार्वजनिक सुनुवाई आयोजना गर्ने घोषणा गरेका छन् ।

    images
    images
    images

    नगरप्रमुख र उपप्रमुखको पदभार ग्रहण कार्यक्रममा निवर्तमान नगरप्रमुख हिरा बहादुर खत्री, प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपाने, संघीय सांसद छविलाल विश्वकर्मा लगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

    त्यसैगरी वडा अध्यक्षहरूको पदभार ग्रहण पनि सम्पन्न भएको छ ।  वडा नं. ५ का वडा अध्यक्ष गणेश डुम्रेले पदभार ग्रहण गर्दै वडामा पर्ने केरवानी मा. वि. सँगको सहकार्यमा कक्षा ५ सम्मका बालबालिकाको शिक्षा पूर्ण निशुल्क गर्ने गरि वडाले बजेट बिनियोजन गर्ने निर्णय गरिएको बताएका छन् ।

    वडा नं. १० का अध्यक्ष यक बहादुर सुनारले दलित समुदायको लागि विशेष काम गर्ने उल्लेख गर्दै चरङ्गेमा रहेको स्वास्थ्य इकाइको स्तरोन्नति गरि ल्याबको सूविधा उपलब्ध गराउने निर्णय भएको बताए ।

    नगरका ११ वटा वडाका अध्यक्ष तथा सदस्यहरुको पदस्थापना आज सम्पन्न भएको छ भने वडा नं. ९ को पदस्थापना मंगलबार विहान हुँने नगरपालिकाले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।