Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

रास्वपाका तीन आयोग गठन, अनुशासन आयोगको प्रमुखमा पूर्व न्यायाधीश पौडेल

रास्वपाका तीन आयोग गठन, अनुशासन आयोगको प्रमुखमा पूर्व न्यायाधीश पौडेल

images
  • रास्वपाका तीन आयोग गठन, अनुशासन आयोगको प्रमुखमा पूर्व न्यायाधीश पौडेल
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित पहिलो केन्द्रीय समिति बैठकले  निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग गठन गरेको छ ।

    images
    images
    images

    बुधबार पार्टी कार्यालय बनस्थलीमा शपथ लिएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले महाधिवेशनबाट अनुमोदन भएको विधान अनुसार पार्टीका तीन वटा आयोगहरू गठन गरिएको रास्वपा महामन्त्री विपिन आचार्यले जानकारी दिएका छन् ।

    images
    images
    images

    उनले निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना भङ्ग गरी यसअघि नै जिम्मेवारीमा रहेकाहरुलाई पुनः जिम्मेवारी दिइएको बताए । त्यस्तै अनुशासन आयोगको प्रमुखमा उच्च अदालत कास्कीका पूर्व न्यायाधीश समेत रहेका लेखनाथ पौडेललाई मनोनित गरिएको महामन्त्री आचार्यले जानकारी दिए ।

    images
    images
    images

    विधानको व्यवस्था अनुसार बाँकी पदाधिकारीको मनोनयन पार्टी सभापतिको विशेषाधिकार भएकाले आजको बैठकमा कुनै छलफल नभएको उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।