Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

बालबालिकालाई सदस्यता दिएको विषयमा मानव अधिकार आयोगले रास्वपालाई सोध्यो स्पष्टीकरण

बालबालिकालाई सदस्यता दिएको विषयमा मानव अधिकार आयोगले रास्वपालाई सोध्यो स्पष्टीकरण

images
  • बालबालिकालाई सदस्यता दिएको विषयमा मानव अधिकार आयोगले रास्वपालाई सोध्यो स्पष्टीकरण
    images
    images

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता वितरण गरेको भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग स्पष्टीकरण माग गरेको छ ।

    images
    images
    images

    आयोगले असार १५ गते पार्टीको केन्द्रीय कार्यालयलाई पत्राचार गर्दै यस विषयमा विस्तृत जानकारी उपलब्ध गराउन अनुरोध गरेको हो ।

    images
    images
    images

    आयोगले पत्रमा १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यका रूपमा संगठित गरिएको भन्ने समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै पार्टीको महाधिवेशनमा प्रस्तुत गरिएको भनिएको प्रतिवेदनअनुसार बालबालिकालाई सदस्यता वितरण गरिएको हो भने त्यस्तो कार्य प्रचलित नेपाली कानुन तथा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत रहेको पत्रमा आयोगले उल्लेख गरेको छ ।

    images
    images
    images

    यसै कारण १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको हो वा होइन भन्ने विषयमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१(१) अनुसार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीसँग अनुरोध गरेको छ ।

    पार्टीका निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले चितवन महाधिवेशनको बन्दसत्रमा पेस गरेको सांगठनिक प्रतिवेदनमा १८ वर्षभन्दा मुनिका बालबालिका ३५ हजार २५७ जनालाई सदस्यता वितरण गरेको उल्लेख गरेका थिए । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ उपदफा २ मा १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिक मात्र राजनीतिक दलको सदस्य बन्न योग्य हुने व्यवस्था छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।