Logo

२०८३, श्रावण २७गते


images
images

सन्दर्भ : असार १५

असार १५ किसानको श्रम, सङ्घर्ष र आत्मनिर्भरताको उत्सव हो- गगन थापा

असार १५ किसानको श्रम, सङ्घर्ष र आत्मनिर्भरताको उत्सव हो- गगन थापा

images
  • असार १५ किसानको श्रम, सङ्घर्ष र आत्मनिर्भरताको उत्सव हो- गगन थापा
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा किसानप्रति उच्च सम्मान व्यक्त गर्दै कृषिको आधुनिकीकरण र धान उत्पादन वृद्धि आजको प्रमुख आवश्यकता भएको बताएका छन् ।

    images
    images
    images

    उनले नेपाल कृषि प्रधान देश भएकाले कृषि नेपाली सभ्यता, संस्कृति र अर्थतन्त्रको मुख्य आधार रहेको उल्लेख गर्दै खेतमा पसिना बगाएर राष्ट्रको खाद्य सुरक्षा सुनिश्चित गर्ने सम्पूर्ण अन्नदाता किसानप्रति सम्मान व्यक्त गरेका छन्। साथै सबै नेपालीमा राष्ट्रिय धान दिवस तथा असार १५ को शुभकामना दिएका छन्।

    images
    images
    images

    थापाले असार १५ धान रोपाइँको दिन मात्र नभई किसानको श्रम, सङ्घर्ष, आशा र आत्मनिर्भरताको उत्सव भएको बताएका छन् । खेतमा रोपिने प्रत्येक धानको बिरुवासँग किसानका सपना, परिवारको जीविकोपार्जन र राष्ट्रको समृद्धि जोडिएको उनले उल्लेख गरेका छन् ।

    images
    images
    images

    उनले नेपालको संविधानले खाद्य सम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै धानको उत्पादकत्व वृद्धि गर्नु कृषि उत्पादन बढाउने विषय मात्र नभई नागरिकको खाद्य सुरक्षासँग प्रत्यक्ष जोडिएको जिम्मेवारी भएको बताएका छन् ।

    थापाले हरेक वर्ष किसानले बीउ, मल, सिँचाइ र उचित मूल्यको अभाव झेल्नुपरेको तथा धान खेती अझै पनि वर्षा र आकाशे पानीमा निर्भर रहेको यथार्थ औँल्याएका छन् । समयमै वर्षा नहुँदा उत्पादन घट्ने र अत्यधिक वर्षाले पनि किसानले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। जलवायु परिवर्तनले कृषि क्षेत्रमा थप चुनौती सिर्जना गरिरहेको उनले बताएका छन्।

    यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित राष्ट्रिय धान दिवस मनाइरहेको उल्लेख गर्दै थापाले मौसमअनुकूल र वातावरणमैत्री कृषि प्रविधिको विस्तार अपरिहार्य भएको बताएका छन्। यस्ता प्रविधिले प्रतिकूल मौसमका बीच पनि उत्पादन बढाउन मद्दत गर्ने र बढ्दो चामल आयात घटाउँदै खाद्य आत्मनिर्भरता हासिल गर्न सहयोग पुग्ने उनको विश्वास छ।

    उनले सिँचाइको विस्तार, आधुनिक कृषि प्रविधिको प्रयोग, उन्नत बीउ, गुणस्तरीय मल, भण्डारणको व्यवस्था र किसानले उत्पादनको उचित मूल्य पाउने सुनिश्चिततामार्फत कृषि क्षेत्रलाई प्रतिस्पर्धी र सम्मानित पेशाका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।