Logo

२०८३, आश्विन ९गते


images
images

युरोपमा भीषण गर्मी, फ्रान्समा एक हजार भन्दा बढीको मृत्यु

युरोपमा भीषण गर्मी, फ्रान्समा एक हजार भन्दा बढीको मृत्यु

images
  • युरोपमा भीषण गर्मी, फ्रान्समा एक हजार भन्दा बढीको मृत्यु
    images
    images

    काठमाडौँ । युरोपका अधिकांश देश यतिबेला इतिहासकै भीषण गर्मीको लहरको चपेटामा परेका छन् । अस्वाभाविक रूपमा बढेको तापक्रमका कारण फ्रान्समा मात्रै चार दिनभित्र करिब एक हजार अतिरिक्त मानिसको मृत्यु भएको छ भने बेलायत, स्पेन, जर्मनी, इटाली, डेनमार्क, स्विट्जरल्यान्डलगायत १६ देशमा दशकौँ पुराना तापक्रमका कीर्तिमान भंग भएका छन् ।

    images
    images
    images

    फ्रान्सको स्वास्थ्य निकायका अनुसार जुन २४ देखि २७ सम्मको अवधिमा सामान्य वर्षको औसतभन्दा करिब एक हजार बढी मानिसको ज्यान गएको हो । तीमध्ये करिब ८५ प्रतिशत वृद्धवृद्धा रहेका छन् । अधिकांशको मृत्यु आफ्नै घरमा भएको अधिकारीहरूले बताएका छन् । राजधानी पेरिस र आसपासका क्षेत्रमा सबैभन्दा धेरै प्रभावित भएको जनाइएको छ ।

    images
    images
    images

    आइतबार मात्रै युरोपभर करिब १९ करोड १० लाख मानिसले ३५ डिग्री सेल्सियस वा त्यसभन्दा बढी तापक्रमको सामना गरेका छन् । अत्यधिक गर्मीका कारण कतै सडक पग्लिएका छन्, कतै विद्यालय बन्द भएका छन् भने कतै डढेलोले ठूलो क्षति पुर्‍याइरहेको छ । वैज्ञानिकहरूले विश्वको औसत तापक्रमभन्दा युरोपको तापक्रम अझ तीव्र गतिमा बढिरहेको बताएका छन् । उनीहरूका अनुसार आगामी वर्षहरूमा यस्ता गर्मीका लहर अझ बारम्बार आउने, लामो समयसम्म रहने र थप घातक बन्ने सम्भावना छ ।

    images
    images
    images

    बेलायतमा विद्यालय बन्द, अस्पतालमा आपत्काल

    बेलायतमा इतिहासमै पहिलो पटक लगातार तीन दिनसम्म उच्चतम तहको रातो चेतावनी जारी गरिएको छ । जुन महिनाको करिब ५० वर्ष पुरानो तापक्रमको कीर्तिमान लगातार तीन दिनसम्म तोडिएको छ। दक्षिणी इङ्ग्ल्यान्डमा तापक्रम ३६ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ, जुन जुन महिनाको नयाँ कीर्तिमान हो । अत्यधिक गर्मीका कारण विद्युत् माग पछिल्ला ४५ वर्षयताकै उच्च स्तरमा पुगेको छ। तापघात, शरीरमा पानीको कमी र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको संख्या ह्वात्तै बढेपछि धेरै ठूला अस्पतालले आपत्कालीन अवस्था घोषणा गरेका छन्। देशभर एक हजारभन्दा बढी विद्यालय बन्द गरिएका छन्। पुराना कङ्क्रिट भवन अत्यधिक तातिएकाले कक्षाकोठामा बस्नै नसक्ने अवस्था सिर्जना भएको छ। रेलमार्गका फलामे लिक विस्तारिएर बाङ्गिने जोखिम बढेपछि रेलको गति पनि सीमित गरिएको छ। धेरै क्षेत्रमा बगैँचा र सवारीसाधन धुन पाइपबाट पानी प्रयोग गर्नसमेत रोक लगाइएको छ।

    स्पेनमा ४५ डिग्रीभन्दा माथि तापक्रम

    स्पेन अहिले युरोपकै सबैभन्दा तातो देश बनेको छ। एन्डुजार क्षेत्रमा तापक्रम ४५ दशमलव १ डिग्री सेल्सियस पुगेको छ भने उत्तरी सहर बिलबाओमा जुन महिनाकै सबैभन्दा उच्च ४२ दशमलव ७ डिग्री तापक्रम मापन गरिएको छ । पछिल्ला चार दिनमा गर्मीकै कारण दुई सयभन्दा बढी मानिसको मृत्यु भएको छ। अत्यधिक सुख्खापन र चर्को गर्मीले जंगलमा भीषण डढेलो लागेको छ। आगो नियन्त्रणका लागि दमकल टोली चौबीसै घण्टा खटिएको छ भने धेरै बस्ती खाली गरिएका छन्।

    जर्मनी र डेनमार्कमा ऐतिहासिक तापक्रम

    जर्मनीको पूर्वी क्षेत्रमा शनिबार ४१ दशमलव ५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ, जुन त्यहाँको इतिहासकै सबैभन्दा उच्च हो। रातिको तापक्रम पनि २९ दशमलव ४ डिग्रीभन्दा तल झर्न नसक्दा करिब १५० वर्षयताकै सबैभन्दा तातो रातको कीर्तिमान बनेको छ।

    गर्मीका कारण राजमार्गका सडक पग्लिन थालेपछि केही मार्ग बन्द गरिएका छन्। खेलकुद प्रतियोगिता, सांगीतिक कार्यक्रम र सार्वजनिक समारोहहरू पनि स्थगित भएका छन्।

    चिसो मौसमका लागि परिचित डेनमार्कमा पनि तापक्रम ३७ डिग्री सेल्सियस पुगेको छ, जुन सन् १८७४ देखि अभिलेख राख्न थालेयताको सबैभन्दा उच्च हो। सडक पग्लिन थालेपछि भारी सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। राजधानी कोपनहेगनसहित तटीय क्षेत्रमा गर्मी छल्न समुद्र किनारमा लाखौँ मानिसको भीड लागेको छ।

    फ्रान्समा इतिहासकै सबैभन्दा तातो दिन

    फ्रान्सको पिसोस क्षेत्रमा तापक्रम ४४.३ डिग्री सेल्सियस पुगेको छ भने राष्ट्रिय औसत तापक्रम ३० डिग्रीभन्दा माथि पुगेपछि इतिहासकै सबैभन्दा तातो दिनको अभिलेख बनेको छ।

    रेलमार्गका लिक विस्तारिएपछि रेल सेवा प्रभावित भएको छ भने विद्युत् प्रणालीमा समस्या आउँदा करिब ५० हजार घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। सरकारले एक हजार तीन सय ५० भन्दा बढी विद्यालय बन्द गरेको छ। सार्वजनिक स्थानमा मदिरा सेवन गर्नसमेत अस्थायी प्रतिबन्ध लगाइएको छ।

    इटाली, चेक गणतन्त्र र स्विट्जरल्यान्ड पनि प्रभावित

    इटालीले रोम, मिलान, भेनिस, फ्लोरेन्स र टुरिनसहित १८ सहरमा उच्चतम तहको रातो चेतावनी जारी गरेको छ। चर्को गर्मीका कारण देशको सबैभन्दा लामो पो नदीको जलस्तर तीव्र रूपमा घटेको छ। समुद्री नुनिलो पानी नदीमा पस्न थालेपछि खेती र खानेपानीमा असर पर्ने चिन्ता बढेको छ।

    चेक गणतन्त्रको डोक्सानी क्षेत्रमा तापक्रम ४०.६ डिग्री सेल्सियस पुगेको छ, जसले पुरानो राष्ट्रिय कीर्तिमान तोडेको छ। मौसम विभागले देशभर उच्च सतर्कता जारी गर्दै दिउँसो घरबाहिर ननिस्कन आग्रह गरेको छ।

    स्विट्जरल्यान्डको बासेलमा तापक्रम ३८.८ डिग्री सेल्सियस पुगेको छ, जुन जुन महिनाको सबैभन्दा उच्च तापक्रम हो। वैज्ञानिकहरूले अत्यधिक गर्मीका कारण हिमनदीहरू असामान्य गतिमा पग्लिन थालेको चेतावनी दिएका छन्।

    पोल्यान्ड र पोर्चुगलमा पनि उच्च सतर्कता

    पोल्यान्डमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान गरिएको छ। यदि त्यसो भए करिब एक सय वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग हुनेछ। सरकारले स्वास्थ्य सतर्कता जारी गर्दै धेरै सहरमा चिस्यान केन्द्र सञ्चालनमा ल्याएको छ।

    पोर्चुगलमा पनि तापक्रम लगातार ४० डिग्री सेल्सियसभन्दा माथि रहँदा धेरै क्षेत्रमा उच्च सतर्कता जारी गरिएको छ। चर्को गर्मी र सुख्खापनका कारण डढेलोको जोखिम अत्यधिक बढेकाले दमकल सेवालाई उच्च तयारीमा राखिएको छ। साथै नागरिकलाई जंगल क्षेत्रमा आगो बाल्न वा खुला स्थानमा मासु पोल्ने गतिविधि नगर्न आग्रह गरिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युरोपमा भीषण गर्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।