काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा नेपालका चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा देखिएका छन् ।
मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल तथा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहभागी भएका हुन् ।
गत भदौमा भएको ‘जेनजी आन्दोलन’पछि चार पूर्वप्रधानमन्त्री सार्वजनिक रूपमा एउटै मञ्चमा देखिएको यो पहिलो अवसर हो ।
केही दिनअघि मात्रै नेकपाका संयोजक प्रचण्डले नेकपा एमालेसँग सदन र सडकमा कार्यगत एकताको तयारी भइरहेको बताएका थिए । त्यसको केही दिनमै उनीहरू एउटै कार्यक्रममा उपस्थित भएपछि यसलाई राजनीतिक रूपमा चासोका साथ हेरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology