Logo

२०८३, मंसिर ७गते


images
images

सेती नदीको बीच भागमा फसेका ११ जनाको सकुशल उद्धार

सेती नदीको बीच भागमा फसेका ११ जनाको सकुशल उद्धार

images
  • सेती नदीको बीच भागमा फसेका ११ जनाको सकुशल उद्धार
    images

    धनगढी । डोटीको दिपायल शिलगढी नगरपालिका-२ स्थित सेती नदीको बीच भागमा फसेका ११ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

    images
    images
    images

    सोही ठाउँका स्थानीयहरु सेती नदीस्थित शिव मन्दिरमा पुजा गर्न गएकोमा नदीमा तटबन्ध निर्माण गर्न बाधिएको अस्थायी बाँध फुट्दा उनीहरु नदीको बीच भागमा फसेका थिए ।

    images
    images

    सो लगत्तै सशस्त्रको ३६ नम्बर गण डोटीबाट सशस्त्र प्रहरी निरीक्षक शुसिल भट्टको कमाण्डमा खटिएको टोलीले रवर वोटको प्रयोग गरी नदीमा फसेकाहरुको उद्धार गरेको हो ।

    images

    उद्धार गरिएकाहरुमा सोही नगरपालिका-२ बस्ने ८६ बर्षिय मोहन पाठक, ७६ बर्षिय प्रेम बहादुर कठायत, ७० बर्षिय शिवराज कठायत, ६९ बर्षिय बालुराम कठायत, ७४ बर्षिय हेमराज जोशी, ६५ बर्षिय बाटु कठायत, ८० बर्षिय पदम राज भट्ट, ६० बर्षिया संजा श्रेष्ठ, ३८ बर्षिय दिपकराज पाठक, ९ बर्षिय कृष्ण कठायत र ६ बर्षिय ब्रण्डन कठायत छन् ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सेती नदी
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।