Logo

२०८३, आश्विन ९गते


images
images

कलिवुड

'बुलबुल' र 'भूठान' का निर्माता थापा नयाँ फिल्मका लागि नायिकाको खोजीमा

'बुलबुल' र 'भूठान' का निर्माता थापा नयाँ फिल्मका लागि नायिकाको खोजीमा

images
  • 'बुलबुल' र 'भूठान' का निर्माता थापा नयाँ फिल्मका लागि नायिकाको खोजीमा
    images
    images

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेका छन् । चलचित्र 'बुलबुल' र 'भूठान'का निर्माता रहेका थापाले नयाँ फिल्मका लागि नायिकाको लागि आव्हान गरेका हुन् ।

    images
    images
    images

    नेपाली चलचित्र 'बुलबुल' मार्फत अहिलेकी चर्चित नायिका स्वस्तिमा खडकाले राष्ट्रिय अन्तराष्ट्रिय पुरस्कार पाउँदै चलचित्र उद्योगमा स्थापित भएकी थिईन भने हालै 'भूठान'मार्फत वरिष्ठ कलाकार हरिवंश आचार्यले पनि समीक्षक समाजले दिने उत्कृष्ट अभिनेता अवार्ड जितेको थिए ।

    images
    images
    images

    थापाले सार्वजनिक गरेको पोष्टमा भविष्यमा बन्न लागेको रोमान्टिक चलचित्रको लागि नयाँ नायिका चाहिएको र सोको लागि फर्म भर्न आव्हान गरेका छन् । फर्म भर्नको लागि पोष्टमा क्यूआर दिईएको छ सो मार्फत सोझै फर्म वा वेवसाईटमा पुग्न सकिन्छ । सो फर्मको भर्नको लागि ईच्छुकले थरिथरि साईजका फोटोहरु र आफनो कामको १ मिनेटको छोटो भिडियो र बायोडाटा अपलोड गर्नुपर्ने हुन्छ । उनले अबको नायिका २२ देखि २७ वर्ष भित्रको हुनपर्ने पनि खुलाएका छन् ।

    images
    images
    images

    उनको नयाँ चलचित्रको निर्देशक रामराजा दाहाल हुनेछन् । रामराजा दाहाल हाल अस्कर ईन्टरनेशनल कलेज अफ फिल्म स्टडिजका प्रिन्सिपल छन् भने उनले बिगतमा वशमा छैन मेरो मन,कसम हजुरको,गुरु दक्षिणा,नेपथ्य लगायतका चलचित्रको निर्देशन गरेका थिए । उनी १२ वर्षपछि पुन निर्देशनमा फर्कन लागेका हुन् ।

    निर्माता थापाले अब बन्न लागेको प्रेमकथा अहिलेसम्म नेपाली चलचित्रमा कहिल्यै नदेखिएको र यसले दर्शकहरुलाई मन्त्रमुग्ध बनाउँदै बिगतको सम्झनामा पुर्याउने बताए । अब खोजेको नायिकामा पनि दमदार अभिनय क्षमता हुनपर्ने र हेदैमा स्टार भाइव्स आउने लुक्स हुनपर्ने उनले बताए । उनका अनुसार जुलाई १६ अर्थात २०८३लअसार मसान्तसम्म फर्म भरिसक्नपर्ने र छानिएकाहरुको साउनभित्र अडिसन हुनेछ र वर्कशपमा राखिनेछ । दशैं लगत्तै चलचित्रको छायाँकन गर्ने लक्ष्य राखिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुलबुल
  • # भूठान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।