Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्य

शुक्रराज ट्रपिकललाई काठमाडौँ महानगरले दियो १८ सय भाइल एन्टी रेविज खोप

शुक्रराज ट्रपिकललाई काठमाडौँ महानगरले दियो १८ सय भाइल एन्टी रेविज खोप

images
  • शुक्रराज ट्रपिकललाई काठमाडौँ महानगरले दियो १८ सय भाइल एन्टी रेविज खोप
    images
    images

    काठमाडौँ । काठमाडौँ महानगरले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप उपलब्ध गराएको छ । आज कार्यवाहक प्रमुख सुनिता डंगोल अस्पतालमा पुगेर खोप प्रदान गरेकी हुन् । 

    images
    images
    images

    खरिद प्रक्रियाका कारण खोप अभाव हुन सक्ने देखिएकोले हामीले महानगरपालिकासँग सहयोग मागेको बताउदै अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले अस्पतालमा दैनिक २ सय जनाभन्दा धेरै व्यक्तिहरु रेविज विरुद्धको खोप लगाउन आउने र महानगरपालिकाले प्रदान गरेको खोपले हामी करिब ९ दिनको सेवा सञ्चालन गर्न सक्ने बताए । 

    images
    images
    images

    माग गरेपछिको ७ दिनभित्रै महानगरपालिकाले खोप प्रदान गरेको छ । यसबाट अस्पतालको सेवालाई थप सहज बनाएको डा. बास्तोलाले बताए । 

    images
    images
    images

    अस्पतालले खोप खरिद प्रक्रियामा रहेको र स्टोरमा मौज्दाज खोप न्यून रहेकोले खोपको अभाव हुने परिस्थिति आउन नदिन महानगरपालिकासँग खोप माग गरेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।