Logo

२०८३, श्रावण २७गते


images
images

विश्वकपमा क्रोसियाको पुनरागमन, पानामा दोस्रो हारसँगै बाहिरियो

विश्वकपमा क्रोसियाको पुनरागमन, पानामा दोस्रो हारसँगै बाहिरियो

images
  • विश्वकपमा क्रोसियाको पुनरागमन, पानामा दोस्रो हारसँगै बाहिरियो
    images
    images

    काठमाडौँ । क्रोसियाले पानामालाई १-० ले पराजित गर्दै फिफा फुटबल विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायम राखेको छ । बुधबार बिहान सम्पन्न समूह एलको खेलमा पहिलो जित दर्ता गर्दै क्रोसियाले महत्वपूर्ण तीन अंक जोडेको हो ।

    images
    images
    images

    यस जितसँगै क्रोसियाले घानाविरुद्धको खेल जिते नकआउट चरणमा स्थान पक्का गर्नेछ । यसअघि घानाले इङ्ग्ल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो ।

    images
    images
    images

    दोस्रो हाफको नवौं मिनेटमा वैकल्पिक खेलाडी आन्ते बुडिमिरले गरेको एकमात्र गोल निर्णायक बन्यो । उनको गोलसँगै लगातार दोस्रो हार बेहोरेको पानामाको विश्वकप यात्रा समूह चरणमै टुंगिएको छ ।

    images
    images
    images

    पहिलो हाफमा पानामाको तीव्र आक्रमणले सन् २०१८ को उपविजेता क्रोसियालाई दबाबमा राखेको थियो । टोलीको प्रदर्शनबाट असन्तुष्ट प्रशिक्षक ज्लाट्को डालिचले विश्रामपछि दुई आक्रामक परिवर्तन गरेका थिए । तीमध्ये एक परिवर्तनले तुरुन्तै नतिजा दियो। जोसिप स्तानिसिचले दिएको लो क्रसलाई बुडिमिरले सहज रूपमा पोस्ट नजिकबाट गोलमा परिणत गरेका थिए ।

    यो जितसँगै क्रोसियाका कप्तान लुका मोड्रिचले आफ्नो दुई सयौं अन्तर्राष्ट्रिय खेललाई स्मरणीय बनाएका छन् ।

    ४० वर्षीय मोड्रिच ८१औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । उनी पुरुष फुटबलमा दुई सय अन्तर्राष्ट्रिय खेल पूरा गर्ने चौथो खेलाडी बनेका छन् ।

    पानामाले खेल बराबरीमा ल्याउने र प्रतियोगितामा आफ्नो सम्भावना जीवित राख्ने अवसरहरू सिर्जना गरेको थियो । तर क्रोसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले दोस्रो हाफको हाइड्रेसन ब्रेकअघि लगातार उत्कृष्ट बचाउ गर्दै टोलीलाई जित दिलाए ।

    लगातार दोस्रो हारसँगै पनामाको विश्वकप यात्रा भने समुह चरणबाटै टुंगिएको छ । यद्यपी समुह चरणको अन्तिम खेलमा पनामाले इङल्याण्डको सामना गर्ने छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # २०२६ को विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।