Logo

२०८३, श्रावण २७गते


images
images

विश्वकपमा अर्जेन्टिनाको चमत्कारिक पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा

विश्वकपमा अर्जेन्टिनाको चमत्कारिक पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा

images
  • विश्वकपमा अर्जेन्टिनाको चमत्कारिक पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा
    images
    images

    काठमाडौँ । साविक विजेता अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै जारी फिफा विश्वकपको अन्तिम १६ मा इजिप्टलाई ३- २ ले पराजित गरेको छ । यो जितसँगै अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

    images
    images
    images

    यसअघि अन्तिम १६ को खेलमा केप भर्डेलाई अतिरिक्त समयमा पराजित गर्दै अघि बढेको अर्जेन्टिना इजिप्टविरुद्ध पनि ठूलो दबाबमा परेको थियो । इजिप्टका यासेर इब्राहिम र मोस्ताफा जिकोले गोल गर्दै पहिलो हाफमै टोलीलाई २-० को अग्रता दिलाएका थिए । तर खेलको ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोले एक गोल फर्काएपछि अर्जेन्टिनाले पुनरागमनको शुरुवात गरेको थियो । त्यसको पाँच मिनेटपछि पहिलो हाफमा पेनाल्टी अवसर गुमाएका लियोनेल मेसीले बराबरी गोल गर्दै खेललाई २-२ को अवस्थामा पुर्‍याएका थिए । त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजको क्रसमा एन्जो फर्नान्डेजले हेडमार्फत निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३-२ को रोमाञ्चक जित दिलाएका थिए ।

    images
    images
    images

    यस खेलमा अर्जेन्टिनाले विश्वकप इतिहासकै शानदार पुनारगमन जित हासिल गरेको छ ।

    images
    images
    images

    यस जितसँगै अर्जेन्टिनाले अब सेमिफाइनल प्रवेशका लागि कोलम्बिया वा स्विट्जरल्यान्डसँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।