Logo

२०८३, आश्विन ९गते


images
images

इप्सा देवदहद्वारा अन्तरविद्यालय चित्रकला प्रतियोगिता

इप्सा देवदहद्वारा अन्तरविद्यालय चित्रकला प्रतियोगिता

images
  • इप्सा देवदहद्वारा अन्तरविद्यालय चित्रकला प्रतियोगिता
    images
    images

    देवदह । पूर्वी क्षेत्र निजी विद्यालय परिवार (इप्सा) देवदहको आयोजनामा अन्तरविद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरूको सिर्जनशीलता तथा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा जुनियरतर्फ १६ तथा सिनियरतर्फ १३ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

    images
    images
    images

    प्रतियोगितामा जुनियरतर्फ ‘सुन्दर प्राकृतिक दृश्य’ र सिनियरतर्फ ‘स्वच्छ वातावरण’ शीर्षकमा चित्रकला प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगिताको मूल्याङ्कन निर्णायक मण्डल संयोजक दशरथ कुमाल तथा सदस्य सागर कुमालले गरेका थिए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै नगर शिक्षा अधिकृत पर्शुराम ढकालले विद्यार्थीहरूको रचनात्मक क्षमता अभिवृद्धि गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताए । उनले कला र सिर्जनशीलताले विद्यार्थीको व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरे ।

    images
    images
    images

    पूर्व सल्लाहकार तथा सगरमाथा आवासीय माध्यमिक विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले यस्ता प्रतियोगिताले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे ।

    प्रतियोगिताको जुनियरतर्फ देवदह बोर्डिङ स्कुलका साइमन थापा प्रथम, मदरल्याण्ड एकेडेमीकी जेनिशा थापा द्वितीय, ग्रीन प्लान्टका पवन पौडेल तृतीय तथा सगरमाथा आवासीय माध्यमिक विद्यालयका इप्सु पोखरेल चौथो भए ।

    त्यस्तै सिनियरतर्फ एसियन लाइटकी जेनिक्सा घर्ती मगर प्रथम, देवदह बुद्ध पब्लिककी जेसा राना द्वितीय, नमुना एभरग्रीनकी सनिसा प्राख्रिन तृतीय तथा सगरमाथा आवासीय माध्यमिक विद्यालयका पुस्कल पाण्डे चौथो भए ।

    विजेताहरूलाई क्रमशः पाँच हजार, चार हजार, तीन हजार र दुई हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

    कार्यक्रम इप्सा देवदहका अध्यक्ष विनोद थापा मगरको अध्यक्षता, उपाध्यक्ष तथा कार्यक्रम संयोजक टिकाराम चापागाईंको स्वागत मन्तव्य र सचिव कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।