देवदह । सुस्त गतिमा अगाडी बढिरहेको देवदह नगरपालिकाको सुरुवाती नतिजा बाहिरिएको छ। जस अनुसार वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ। निर्वाचन कार्यालयबाट प्र्राप्त जानकारी अनुसार नेपाली कांग्रेसका उम्मेदवार दीपक प्रसाद नेपालले ८०३ मत सहित निकटम प्रतिद्वान्धी नेकपा एमालेका रमेश शर्मा भुसाललाई पराजित गरेका छन्। पराजित भएका भुसाल यस अघि एमालेबाट निर्वाचित अध्यक्ष हुन्। उनले ५५१ मत प्राप्त गरेका छन्।
त्यसैगरी, खुल्ला सदस्यमा कांग्रेसकै लालमन यादवले ८०४ मत र आविद अलि फकिरले ८४४ मत प्राप्त गरि विजयी भएका छन्। महिला सदस्यमा आरासुन निशाले ८७३ मत प्राप्त गरेकी छन् भने दलित महिला सदस्यमा लक्ष्मी विकले ८९७ मत सहित विजयी भएकी छन्।
यस अघि एमालेले जितेको उक्त वडामा एमालेबाटै अध्यक्ष पदमा हरी कुमार तामाङ्ग बागी उठेका थिए। उनले ३७३ मत प्राप्त गरेका छन्। त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार चान मोहम्मद फकिरले २१३ मत प्राप्त गरेका छन्, भने नेकपा माओबादी केन्द्रका मुरारी पाण्डेले १६१ मत प्राप्त गरेका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology