Logo

२०८३, श्रावण २७गते


images
images

अन्तर्राष्ट्रिय

इरानले अमेरिकाबाट एक डलर पनि पाउदैन- उपराष्ट्रपति भेन्स

इरानले अमेरिकाबाट एक डलर पनि पाउदैन- उपराष्ट्रपति भेन्स

images
  • इरानले अमेरिकाबाट एक डलर पनि पाउदैन- उपराष्ट्रपति भेन्स
    images
    images

    काठमाडौँ । अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले इरान-अमेरिका सम्झौताको बचाउ गर्दै इरानलाई अमेरिकाबाट कुनै पनि आर्थिक लाभ नदिइने स्पष्ट पारेका छन् ।

    images
    images
    images

    फक्स न्युजलाई दिएको अन्तर्वार्तामा भेन्सले इरानले करिब ३०० अर्ब अमेरिकी डलरको फाइदा पाउने भन्ने दाबीलाई अस्वीकार गर्दै ती सबै कुरा गलत प्रचार भएको बताए ।

    images
    images
    images

    उनका अनुसार सम्झौताको आलोचना गर्नेहरू इरान समर्थक प्रचारकर्ताले जस्तै गल्ती गरिरहेका छन् । उनीहरूले इरानले के पाउन सक्छ भन्ने मात्र हेरेका छन्, तर त्यसको सट्टामा इरानले के-के कडा सर्तहरू मान्नुपर्छ भन्ने कुरा नहेरेको उनले बताए ।

    images
    images
    images

    भेन्सले स्पष्ट रूपमा भने- 'कुनै पनि अवस्थामा इरानले अमेरिकाबाट एक डलर पनि पाउने छैन ।'

    उनले थपे कि यदि इरानले सबै सर्तहरू पूरा गर्छ भने मात्र अमेरिकाले अन्य देशलाई इरानमा लगानी गर्न अनुमति दिनेछ । उनका अनुसार संयुक्त अरब इमिरेट्स जस्ता देशहरूले इरानका परियोजनामा लगानी गर्न सक्छन्, तर त्यो रकम अमेरिकाबाट जाने होइन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इरान
  • # अमेरिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।