देवदह । देवदह नगरपालिकाको कुल १५०० मत गणना गर्दा प्रमुख पदका मुख्य प्रतिस्पर्धी हिरा बहादुर खत्री र ध्रुब प्रसाद खरेलले बराबर मत प्राप्त गरेका छन् । वडा नं. १, २, ३ र ४ को मत गणना गर्दा दुबै प्रतिस्पर्धीले ५३५ मत प्राप्त गरेका हुन् ।
सुरुवात देखि नै अग्रता कायम गर्दै आएका खत्रीलाई पछ्याईरहेका खरेलले १५०० मत गणना गर्दैगर्दा भेट्याएका हुन् । वडा नं. १ र ३ मा खत्रीले अग्रता लिएपनि वडा नं. २ मा खरेलले अग्रता लिएपछि दुबै प्रतिस्पर्धीको मत बराबर भएको हो । त्यसैगरी प्रमुख पदमा राप्रपाका उम्मेदवार माधव रिमालले १०० मत प्राप्त गरेका छन् ।
यता उपप्रमुखमा एमाले उम्मेदवार विद्यालक्ष्मी गुरुङको अग्रता कायम नै छ । उनलाई माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार बनेकी सुन्दरी गिरिले पछ्याईरहेकि छन् । गुरुङले ५६३ मत प्राप्त गर्दैगर्दा गिरिले ३७६ मत प्राप्त गरेकी छन् भने राप्रपाले ६१ मत र स्वतन्त्र उम्मेदवार प्रेम थापाले १८ मत प्राप्त गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology