Logo

२०८३, आश्विन ९गते


images
images

जलवायु संकट

तापक्रमले २०३० सम्ममा १.५ डिग्रीको सीमा नाघ्ने

तापक्रमले २०३० सम्ममा १.५ डिग्रीको सीमा नाघ्ने

images
  • तापक्रमले २०३० सम्ममा १.५ डिग्रीको सीमा नाघ्ने
    images
    images

    काठमाडौं । जलवायु परिवर्तनका कारण पृथ्वी पहिलेभन्दा तीव्र गतिमा तात्दै गएको छ । यदि हरितगृह ग्यास उत्सर्जन अहिलेको गतिमा नै जारी रह्यो भने सन् २०३० भित्रै तापक्रम १.५ डिग्री सेल्सियसको महत्वपूर्ण सीमा पार गर्ने जोखिम बढ्दै गएको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । यसको असर समुद्र, कृषि, खाद्य सुरक्षा, जैविक विविधता, अर्थतन्त्र र मानव स्वास्थ्यसम्म गम्भीर रूपमा देखिने बताइएको छ ।

    images
    images
    images

    'अर्थ सिस्टम साइन्स डाटा' मा प्रकाशित अध्ययनअनुसार सन् २०२५ मा पृथ्वीको औसत तापक्रम औद्योगिक युगभन्दा अगाडिको स्तरको तुलनामा करिब १.३९ डिग्री सेल्सियसले बढिसकेको छ । विज्ञहरूका अनुसार यो अतिरिक्त तापक्रम पूर्ण रूपमा मानव गतिविधिका कारण उत्पन्न भएको हो । जीवाश्म इन्धनको व्यापक प्रयोग, उद्योगबाट निस्कने कार्बन प्रदूषण र ठूलो स्तरको वन विनाश यसका प्रमुख कारण हुन्। पछिल्ला वर्षहरूमा तापक्रम वृद्धि दर पहिलेका दशकहरूको तुलनामा अझ तीव्र भएको पनि अध्ययनले देखाएको छ ।

    images
    images
    images

    सन् २०१५ को पेरिस जलवायु सम्झौतामा विश्वका देशहरूले तापक्रम वृद्धिलाई २ डिग्री सेल्सियसभन्दा निकै कम राख्ने र सम्भव भए १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य लिएका थिए। वैज्ञानिकहरूका अनुसार यही सीमाभित्र रहन सकिए जलवायु परिवर्तनका विनाशकारी असर धेरै हदसम्म रोक्न सकिन्छ।

    images
    images
    images

    समुद्री सतहको निरन्तर वृद्धि तटीय क्षेत्रका लागि ठूलो जोखिम बन्दै गएको छ। अध्ययनअनुसार सन् १९०१ यता विश्व समुद्र सतह करिब २३ सेन्टिमिटर बढिसकेको छ। समुद्रको तापक्रम पनि निरन्तर बढ्दै गएको छ, जसका कारण समुद्री ताप लहरका घटना बढेका छन्। यसले प्रवाल भित्ति, माछा तथा अन्य समुद्री जीवमा गम्भीर असर पारेको छ। सन् १९९१ को तुलनामा समुद्री ताप लहरका दिनहरू तीन गुणाभन्दा बढी बढिसकेको अध्ययनले देखाएको छ।

    वैज्ञानिकहरूका अनुसार बढ्दो तापक्रम, समुद्री सतह वृद्धि, चरम मौसमी घटना र पारिस्थितिक प्रणालीमाथिको दबाब विश्वका लगभग सबै क्षेत्रमा महसुस भइरहेको छ। यद्यपि अवस्था अझै पूर्ण रूपमा नियन्त्रण बाहिर गएको छैन, तर तत्काल कदम चालिए अझै रोक्न सकिने उनीहरूको भनाइ छ ।

    विज्ञहरूले हरितगृह ग्यास उत्सर्जनमा तीव्र कटौती, स्वच्छ ऊर्जातर्फ छिटो रूपान्तरण र जलवायु निगरानी प्रणालीलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जलवायु संकट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।