Logo

२०८३, श्रावण २७गते


images
images

रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : विचार, सुदृढ सङ्गठन र चुनावी श्रेष्ठताको महासंग्राम

रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : विचार, सुदृढ सङ्गठन र चुनावी श्रेष्ठताको महासंग्राम

images
  • रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : विचार, सुदृढ सङ्गठन र चुनावी श्रेष्ठताको महासंग्राम
    images
    images

    राजनीति केवल सत्ताको अंकगणित र शक्ति सङ्घर्षको माध्यम मात्र होइन, यो त समाजको आर्थिक-सामाजिक रूपान्तरण, जनसेवा र नागरिकको जीवनस्तर उकास्ने एउटा बलियो नीतिगत औजार हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रादेशिक सङ्गठनलाई हाँक्ने ऐतिहासिक जिम्मेवारी अर्थात् प्रदेश सभापति पदका लागि अगाडि बढिरहँदा, मैले केवल पद प्राप्तिको आकांक्षा राखेको छैन । मेरो उम्मेदवारी लुम्बिनीका सबै १२ जिल्लाको सङ्गठनलाई वैचारिक रूपमा सबल बनाउने, पार्टीभित्र गुटबन्दी हुन नदिने, र आगामी निर्वाचनमा पार्टीलाई ऐतिहासिक विजय दिलाउने स्पष्ट सांगठनिक मार्गचित्र र सङ्कल्पसहितको हो ।

    images
    images
    images

    नेपालमा दशकौँसम्म चलेको राजनीतिक सिन्डिकेट, संस्थागत भ्रष्टाचार, कुशासन र परम्परागत दलहरूको अकर्मण्यताका कारण आम नागरिकमा चरम निराशा थियो । देशको ऊर्जावान् युवा जनशक्ति रोजगारीका लागि दैनिक हजारौँको सङ्ख्यामा विदेश पलायन भइरहेको बेला, देशमै परिवर्तन सम्भव छ भन्ने भरोसा जगाउन २०७९ असार ७ गते रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भएको हो । 'जान्नेलाई छान्ने' मूल नारा, संवैधानिक समाजवाद, विधि र कानुनको शासन, र पूर्ण लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर स्थापना भएको रास्वपाले स्थापनाको छोटो समयमै आम निर्वाचनमा अभूतपूर्व मत ल्याएर देशकै प्रमुख वैकल्पिक शक्ति बन्दै संसदमा बलियो उपस्थिति जनायो । यो कुनै चमत्कार थिएन, बरु नेपाली जनताले परम्परागत दलहरूलाई दिएको कडा चेतावनी र नयाँ वैकल्पिक शक्तिमाथि गरेको भरोसा थियो ।

    images
    images
    images

    परम्परागत दलहरूको बेथिति विरुद्ध नागरिकको आक्रोश र रास्वपामाथिको विश्वास कति प्रगाढ थियो भन्ने कुरा हालैका निर्वाचन परिणामहरूले प्रमाणित गरिदिएका छन् । नेपाली जनताले देशव्यापी रूपमा रास्वपालाई अभूतपूर्व मत दिँदै झन्डै दुई तिहाइको अनुपातमा सिट र जनमत सुम्पिएका छन् । लुम्बिनी प्रदेशको सन्दर्भमा पनि रूपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, प्युठान, अर्घाखाँची, गुल्मी, पाल्पा र बर्दिया लगायतका अधिकांश क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले ऐतिहासिक जित र समानुपातिकमा अग्रता हासिल गरे । स्थापनाको यति छोटो समयमै जनताले हामीलाई दिएको यो अभूतपूर्व मत केवल उत्साह मात्र होइन, यो त सुशासन र देशमै रोजगारी पाउने जनअपेक्षाको ठूलो भारी हो । जनताको अपेक्षा सामान्य छ, ‘भ्रष्टाचारमुक्त समाज, सुलभ शिक्षा-स्वास्थ्य, र आफ्नै माटोमा मर्यादित रोजगारी ।’

    images
    images
    images

    हामी अहिले एउटा महत्त्वपूर्ण राजनीतिक मोडमा छौँ र अबको करिब डेढ वर्षभित्र हामीले स्थानीय तह र प्रादेशिक निर्वाचनको सामना गर्दैछौँ । यो निर्वाचन रास्वपाका लागि केवल एउटा प्राविधिक प्रक्रिया होइन, यो त देशको समग्र सुधारका लागि भुइँसतहमा हाम्रो विचार स्थापित गर्ने महासंग्राम हो । हामीले बुझ्नुपर्छ कि केन्द्रले जतिसुकै राम्रा नीति र योजना बनाए पनि, जबसम्म जनताको सबैभन्दा नजिक रहने भुइँसतहको संरचना अर्थात् स्थानीय तह र प्रदेश तहमा पार्टीको विचार र नीति स्थापित हुँदैन, तबसम्म आम नागरिकले परिवर्तनको वास्तविक महसुस गर्न पाउँदैनन् ।

    हामी अहिले एउटा महत्त्वपूर्ण राजनीतिक मोडमा छौँ र अबको करिब डेढ वर्षभित्र हामीले स्थानीय तह र प्रादेशिक निर्वाचनको सामना गर्दैछौँ । यो निर्वाचन रास्वपाका लागि केवल एउटा प्राविधिक प्रक्रिया होइन, यो त देशको समग्र सुधारका लागि भुइँसतहमा हाम्रो विचार स्थापित गर्ने महासंग्राम हो । हामीले बुझ्नुपर्छ कि केन्द्रले जतिसुकै राम्रा नीति र योजना बनाए पनि, जबसम्म जनताको सबैभन्दा नजिक रहने भुइँसतहको संरचना अर्थात् स्थानीय तह र प्रदेश तहमा पार्टीको विचार र नीति स्थापित हुँदैन, तबसम्म आम नागरिकले परिवर्तनको वास्तविक महसुस गर्न पाउँदैनन् । डेलिभरीको वास्तविक कडी नै स्थानीय र प्रदेश संरचना हुन् । त्यसैले, आगामी निर्वाचनमा लुम्बिनी प्रदेशका सबै स्थानीय तह र प्रादेशिक निर्वाचनमा रास्वपालाई ऐतिहासिक र क्लिन-स्वीप विजय गराउनु प्रदेश सभापतिको रूपमा मेरो पहिलो र प्रमुख रणनीतिक लक्ष्य हुनेछ । म यो पार्टीलाई लुम्बिनीमा एक सबल चुनावी कमान्डरको रूपमा अगाडि बढाउनेछु र गाउँ-गाउँ एवं टोल-टोलमा संगठनको मजबुत किल्ला खडा गर्नेछु । निर्वाचन पश्चात् हाम्रा नीतिहरूलाई भुइँसतहसम्म हुबहु लागू गराउन र जनप्रतिनिधिहरूलाई पार्टीको मूल नीति, विचार र घोषणापत्रप्रति पूर्ण रूपमा जिम्मेवार र बाँधिएर राख्न म कडा सांगठनिक पहरेदारी गर्नेछु ।

    लुम्बिनी प्रदेश कमिटीको सभापतिका रूपमा मेरो सम्पूर्ण ध्यान पार्टी सङ्गठनलाई चुस्त, अनुशासित र नीति–सङ्गत बनाउनमा केन्द्रित हुनेछ । सांगठनिक कार्यविभाजन र सन्तुलनका लागि केन्द्रीय समितिले पार्टीको बृहत् नीतिगत मार्गचित्र कोर्नेछ, जसले सिंगो देशको सांगठनिक नीति निर्माण गर्ने र केन्द्रबाट तय भएका मार्गचित्रहरूलाई लागू गराउन मार्गनिर्देशन गर्ने काम गर्छ । अर्कोतर्फ, प्रदेश कमिटीको सभापतिका रूपमा मैले पार्टीका योजना र नीतिहरू लुम्बिनीका प्रत्येक पालिका र वडा तहसम्म न्यायोचित रूपमा पुगेका छन् कि छैनन् भनी प्रत्यक्ष पहरेदारी गर्नेछु । प्रदेशले केन्द्र, स्थानीय निकाय र आम नागरिकबीचको 'पुल' को काम गर्दै कार्यकर्ताका भावना बुझ्ने र पार्टीको नीति अनुसार कार्यसम्पादन सुनिश्चित गर्न नियमित जवाफदेहिता फोरमहरू सञ्चालन गर्नेछ ।

    हाम्रो पार्टी स्थापना भएको धेरै भएको छैन, तर छोटो अवधिमै भित्रभित्रै मौलाउन खोजेको गुटबन्दी र 'आफ्नो मान्छे' रोज्ने प्रवृत्तिले इमानदार र योग्य कार्यकर्ताहरूमा चरम निराशा पैदा गर्न सक्ने प्रति म सचेत छु । आगामी चुनावमार्फत जनताकाे जीवनस्तरमा सुधार ल्याउनकालागि हामी सबभन्दा पहिले आन्तरिक रूपमा एकताबद्ध हुनुपर्छ ।

    हाम्रो पार्टी स्थापना भएको धेरै भएको छैन, तर छोटो अवधिमै भित्रभित्रै मौलाउन खोजेको गुटबन्दी र 'आफ्नो मान्छे' रोज्ने प्रवृत्तिले इमानदार र योग्य कार्यकर्ताहरूमा चरम निराशा पैदा गर्न सक्ने प्रति म सचेत छु । आगामी चुनावमार्फत जनताकाे जीवनस्तरमा सुधार ल्याउनकालागि हामी सबभन्दा पहिले आन्तरिक रूपमा एकताबद्ध हुनुपर्छ । म नेतृत्वमा आएपछि लुम्बिनीमा कार्यकर्ताको मूल्याङ्कन उसको गाउँ, टोल र जनतामाझ गरेको काम, त्याग र राजनीतिक सक्रियताको आधारमा मात्र हुनेछ । पार्टीका विभिन्न तहमा जनचाहना अनुसारकै युवा सहभागिता सुनिश्चित गर्दै पुराना र निष्ठावान् नेताहरूको अनुभवलाई मार्गदर्शनको रूपमा सम्मान र स्थापित गरिनेछ ।

    पार्टीको प्रादेशिक नीति मार्फत लुम्बिनीको बहुआयामिक भूगोललाई जोड्ने स्पष्ट औद्योगिक र आर्थिक मार्गचित्र तय गरिनेछ । भगवान् बुद्धको जन्मस्थल लुम्बिनी यस प्रदेशको मात्र होइन, विश्वकै आध्यात्मिक केन्द्र भएकाले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गराउन नीतिगत हस्तक्षेप र दबाब सिर्जना गरिनेछ । यस विमानस्थललाई विश्वका बौद्धमार्गी मुलुकहरूसँग सिधा जोडेर लुम्बिनी, कपिलवस्तुको तिलौराकोट र नवलपरासीको रामग्रामलाई एकीकृत बौद्ध पर्यटकीय कोरिडोरको रूपमा विकास गर्न पार्टीले स्पष्ट एजेन्डा बोक्नेछ । औद्योगिक र आर्थिक विकासलाई केवल एक क्षेत्रमा सीमित नगरी नवलपरासी, भैरहवा-बुटवल हुँदै कपिलवस्तु, दाङ, बाँके र बर्दियासम्म विशाल औद्योगिक कोरिडोरको रूपमा विकास गर्न नीतिगत दबाब दिइनेछ । कच्चा पदार्थ र तयारी वस्तुबीचको भन्सार महशुलमा न्यायोचित अन्तर कायम गराई यस कोरिडोरमा आन्तरिक तथा बाह्य लगानी भित्र्याउने वातावरण बनाइनेछ ।

    हाम्रो पार्टी र यो प्रदेशलाई अब यथास्थितिमा रुमल्लिने नेतृत्व होइन, बरु आगामी निर्वाचनको रणनीतिक योजना बुझेको, अन्तर्राष्ट्रिय कनेक्टिभिटी र औद्योगिक सम्भावना बुझेको, माटोको मर्म र आधुनिक सर्कुलर इकोनोमी बुझेको सांगठनिक कौशल भएको गतिशील नेतृत्वको खाँचो छ । सुस्ताको बगरदेखि बर्दियाका फाँटहरू, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका औद्योगिक कोरिडोरदेखि प्युठान, रोल्पा र रुकुमको पहाडी–हिमाली काखसम्मका नागरिक र कार्यकर्ताको साझा चाहना नै आन्तरिक एकता र मजबुत संगठन हो ।

    तराई औद्योगिक मेरुदण्ड बन्दै गर्दा प्युठानको धार्मिक तथा कृषि पर्यटन, रोल्पा र पूर्वी रुकुमको बहुमूल्य जडिबुटी, खनिज, र रैथाने कृषि उत्पादनलाई तराईका प्रशोधन केन्द्रहरूसँग जोडिनेछ । पहाडमा उत्पादित बस्तुको मूल्य अभिवृद्धि गरी स्थानीय स्तरमै आर्थिक समृद्धिको ग्यारेन्टी गरिनेछ । हामी परम्परागत र खर्चिलो उत्पादन प्रणालीको अन्त्य गर्दै 'शून्य फोहोर' मा आधारित ‘सर्कुलर इकोनोमी’को प्रादेशिक मोडेल योजना बनाउनेछौँ । उदाहरणका लागि, तराईका राइस मिलहरूबाट निस्कने धानको भुसलाई उद्योगहरूमा सस्तो र पर्यावरण-मैत्री इन्धनको रूपमा प्रयोग गर्ने र भुस बलेपछि निस्कने खरानीलाई समेत वैज्ञानिक ढंगले संकलन गरी विभिन्न रासायनिक तथा औद्योगिक उत्पादनमा कच्चा पदार्थको रूपमा पुनः प्रयोग गर्ने मोडल हामी लागू गर्नेछौँ । यसले उद्योगको लागत ठूलो मात्रामा घटाउनेछ । हामी कृषि, वन र औद्योगिक क्षेत्रका हरेक उप-उत्पादनहरूलाई पुनः प्रयोग गर्ने यस्तै बहुआयामिक सर्कुलर इकोनोमीका योजनाहरू तर्जुमा गरी लुम्बिनीलाई नेपालकै पहिलो फोहोरमुक्त र बढी नाफामूलक औद्योगिक प्रदेश बनाउन नीतिगत नेतृत्व गर्नेछौँ ।

    भौतिक विकाससँगै नागरिकको स्वास्थ्य, शिक्षा र प्रतिव्यक्ति आयको स्तर अर्थात् मानव विकास सूचकांक (HDI) मा सुधार नआएसम्म समृद्धि सम्भव छैन । रोल्पा, रुकुम, कपिलवस्तु र बर्दियाका दुर्गम बस्तीहरू सम्म स्थानीय उद्योगहरूको माग अनुसारका प्राविधिक शिक्षालयहरूको पहुँच पुर्‍याउन र प्रादेशिक अस्पतालहरूको स्तरोन्नति गरी विपन्न नागरिकलाई पूर्ण स्वास्थ्य बीमाको दायरामा ल्याउन पार्टीको तर्फबाट नीतिगत र रचनात्मक दबाबमूलक योजना अघि सारिनेछ । हाम्रो पार्टी  शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा भुइँसतहसम्म प्रत्याभूत गर्न पूर्ण प्रतिबद्ध रहनेछ ।

    हाम्रो पार्टी र यो प्रदेशलाई अब यथास्थितिमा रुमल्लिने नेतृत्व होइन, बरु आगामी निर्वाचनको रणनीतिक योजना बुझेको, अन्तर्राष्ट्रिय कनेक्टिभिटी र औद्योगिक सम्भावना बुझेको, माटोको मर्म र आधुनिक सर्कुलर इकोनोमी बुझेको सांगठनिक कौशल भएको गतिशील नेतृत्वको खाँचो छ । सुस्ताको बगरदेखि बर्दियाका फाँटहरू, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका औद्योगिक कोरिडोरदेखि प्युठान, रोल्पा र रुकुमको पहाडी–हिमाली काखसम्मका नागरिक र कार्यकर्ताको साझा चाहना नै आन्तरिक एकता र मजबुत संगठन हो । म लुम्बिनी प्रदेशका सम्पूर्ण आदरणीय प्रतिनिधि साथीहरू, नेता तथा कार्यकर्ताहरूलाई विश्वास दिलाउन चाहन्छु, ‘मलाई प्राप्त हुने नेतृत्व केवल एउटा ओहोदा हुने छैन । यो अधिवेशन आगामी डेढ वर्षभित्र हुने स्थानीय र प्रदेश निर्वाचनमा रास्वपालाई ऐतिहासिक बहुमत दिलाउँदै, पार्टीको नीति अनुसारको प्रणाली निर्माण गर्ने र लुम्बिनीमा रास्वपालाई देशकै सबैभन्दा अनुशासित, बलियो र पहिलो दल बनाउने महासङ्कल्प हो ।’

    – मधु अर्याल
    प्रदेश सभापति पदका उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टी, लुम्बिनी प्रदेश अधिवेशन

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।