Logo

२०८३, कार्तिक २५गते


images
images

रास्वपा कोशी सभापतिमा पराजित भएपछि गोमा तामाङको राजनीति छोड्ने घोषणा

रास्वपा कोशी सभापतिमा पराजित भएपछि गोमा तामाङको राजनीति छोड्ने घोषणा

images
  • रास्वपा कोशी सभापतिमा पराजित भएपछि गोमा तामाङको राजनीति छोड्ने घोषणा
    images

    विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेश अधिवेशनमा सभापतिमा पराजित भएपछि गोमा तामाङ ‘सरिन’ ले राजनीतिबाट बिट मारेको घोषणा गरेकी छन् । 

    images
    images
    images

    प्रदेश अधिवेशनमा भएको निर्वाचनको अन्तिम नतिजा नआउँदै सामाजिक सञ्जालबाट उनले राजनीतिबाट बिट मारेको घोषणा गरेकी हुन् । सरिनले भनेकी छन्- 'आजबाट राजनीतिक बिट मारेँ । मतदाता सम्पुर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।'

    images
    images
    images

    रास्वपाको कोशी प्रदेशको सभापति चन्द्रबहादुर राई विजयी भएका छन् । राईले २८० मत प्राप्त गरेर विजयी भएका हुन् । त्यस्तै गोमा तामाङ सरिनले  १४१ मत प्राप्त गरेकी छन् भने चन्द्रकुमार गौली निरजले २७ र डा. खगेन्द्र कटुवालले ४१ मत प्राप्त गरेका छन् ।        

    images
    images

    सभापतिमा पराजित भएपछि सरिनले भनेकी छन्- 'आखिर माथिको ह्विप भन्दै हराएरै छड्यौ मानिय तृतीयज्युर केन्द्रिय सदस्यज्यु धन्यवाद तपाईं चौथाज्युहरुलाई  सायद अनेक  सेटिङ प्यानल बनाउन जानिन मैले यो कारण गुटबन्दीको घाउले पिरल्छ कोशीलाई भनेर तर यो मेरो सोझो सिधापन आज दुखाइ भो बैलाई । हजुरीको राजनीतिक गर्नै जानिन कमजोरी भो मेरो ।' 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।