Logo

२०८३, आश्विन ९गते


images
images

अन्तर्राष्ट्रिय

ककरोच जनता पार्टीले विश्वविद्यालय परिसरमा शिक्षामन्त्रीको राजीनामा माग्दै प्रदर्शन गर्ने

ककरोच जनता पार्टीले विश्वविद्यालय परिसरमा शिक्षामन्त्रीको राजीनामा माग्दै प्रदर्शन गर्ने

images
  • ककरोच जनता पार्टीले विश्वविद्यालय परिसरमा शिक्षामन्त्रीको राजीनामा माग्दै प्रदर्शन गर्ने
    images
    images

    काठमाडौँ । भारतको ककरोच जनता पार्टीले केन्द्रीय शिक्षामन्त्रीको राजीनामा माग्दै अर्को चरणको प्रदर्शनको घोषणा गरेको छ । समूहले जुन ११ मा पुणे विश्वविद्यालय परिसरमा साँझ ४ बजेदेखि प्रदर्शन गर्ने जनाएको छ ।

    images
    images
    images

    यसअघि नै शिक्षामन्त्रीको राजीनामा माग गर्दै केन्द्र सरकारलाई एक साताको अल्टिमेटम दिएको उक्त समूहले अब आन्दोलनलाई विश्वविद्यालय परिसरमा विस्तार गर्ने तयारी गरेको हो ।

    images
    images
    images

    समूहका संस्थापक अभिजित दिपकेले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै प्रदर्शनको जानकारी दिएका हुन् । उनले वातावरण अभियन्ता सोनाम वांगचुक पनि उक्त कार्यक्रममा सहभागी हुने बताएका छन् ।

    images
    images
    images

    आगामी प्रदर्शनका लागि संस्थापक दीपकेले आफ्नो गृह राज्य महाराष्ट्रलाई रोजेका छन् । ३० वर्षीय दीपके महाराष्ट्रको छत्रपति सम्भाजीनगर क्षेत्रका बासिन्दा हुन् । उनी पछिल्ला करिब दुई वर्षदेखि अमेरिकामा बस्दै आएका थिए र गत शनिबार पहिलो प्रदर्शनमा सहभागी हुन भारत फर्किएका थिए ।

    यसअघि नयाँदिल्लीस्थित जन्तर मन्तरमा सामाजिक सञ्जालमार्फत गरिएको आह्वानपछि सयौँ व्यक्ति प्रदर्शनमा सहभागी भएका थिए । यद्यपि, समूहका सामाजिक सञ्जालमा रहेका दुई करोडभन्दा बढी अनुयायीको सङ्ख्याको तुलनामा प्रत्यक्ष सहभागिता निकै कम देखिएको थियो ।

    ककरोच जनता पार्टीले शिक्षासम्बन्धी विभिन्न विषय उठाउँदै शिक्षामन्त्रीको राजीनामा माग गरिरहेको छ भने आगामी प्रदर्शनमा विद्यार्थी तथा नागरिकको सहभागिता बढाउने प्रयास गरिरहेको जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ककरोच जनता पार्टी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।