Logo

२०८३, आश्विन १०गते


images
images

देवदहको गुरुङ सेवा समाजको भवनमा भोज सहित मतदाता राखिएको आरोप, स्थिति तनावग्रस्त

देवदहको गुरुङ सेवा समाजको भवनमा भोज सहित मतदाता राखिएको आरोप, स्थिति तनावग्रस्त

images
  • देवदहको गुरुङ सेवा समाजको भवनमा भोज सहित मतदाता राखिएको आरोप, स्थिति तनावग्रस्त
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं. ५ स्थित गुरुङ सेवा समाजको भवनमा भोज सहित नेकपा एमालेले मतदाता राखेको आरोप अन्य दलहरू लगाएका छन् । निर्वाचन सुरू हुन केही घण्टा मात्र बाँकी रहँदा एमाले ले २०० जना बढी मतदातालाई खानपान सहित प्रलोभनमा पारी राखेको आरोप नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरूले लगाएका हुन् । 20220513_013826.jpg

    निर्वाचन आचारसंहिता र मौन अवधिको उल्लंघन गर्दै  मतदाताहरूलाई  खानपान सहित विभिन्न प्रलोभनमा पारी एमालेले अलोकतान्त्रिक चरीत्र देखाएको राप्रपा देवदहका अध्यक्ष समेत रहेका राप्रपाबाट मेयर पदका उम्मेदवार माधव रिमालले बताए । प्रशासनलाई समयमै खबर गर्दा पनि सहयोग नपाएको उनले गुनासो गरेका छन् ।IMG-20220513-WA0006.jpg

    त्यसैगरी प्रलोभन र दबाबमा पारी मतदाताहरूलाई भवनमा ल्याएर राखिएको भन्दै नेपाली कांग्रेसबाट वडा नं. ६ का उम्मेदवार दामोदर क्षेत्रीले एमाले उक्त कार्यमा संलग्न भएको आरोप लगाएका छन् ।

    यद्यपि यस विषयमा एमालेका कुनै पनि नेताहरूको भनाइ बाहिर आएको छैन ।

    सेतोमसीसंग कुरा गर्दै उक्त स्थानमा खटिएका प्रहरी इन्स्पेक्टर रामप्रसाद पाण्डे सहितका सुरक्षा अधिकारीहरूले 'भित्र केही मतदाता हुनुहुन्छ भन्ने छ, उहाँ किन र कसरी आउनुभएको हो भन्ने खुलेको छैन' र आफुहरूले बुझ्ने प्रयास गरिरहेको जनाएका छन् । 

    यो समाचार तयार गर्दैगर्दा थप एक गाडी शसस्त्र प्रहरीको टोली उक्त स्थानमा आईपुगेको घटनास्थलबाट सहकर्मी राहुल सापकोटाले जनाएका छन् ।

    भित्र नेकपा एमालेका स्थानीय नेता सहित मतदाता रहेको आरोप लगाउँदै नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाका समर्थकहरूको ठूलो भिड उक्त गुरुङ समाजको भवन अगाडि लागेको छ । जसले गर्दा बाताबरण कोलाहलयुक्त र तनावग्रस्त बनेको छ ।

    भवन प्रवेशको मुल गेट र च्यानल गेट समेत बन्द गरिएकोले भवनभित्र कति व्यक्ति रहेका छन् र त्यहाँ के भैरहेको छ भन्ने जानकारी प्राप्त भएको छैन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।