Logo

२०८३, आश्विन ९गते


images
images

भारतीय मुद्रा कमजोर हुँदा नेपाली मुद्राको अवमूल्यन उच्च

भारतीय मुद्रा कमजोर हुँदा नेपाली मुद्राको अवमूल्यन उच्च

images
  • भारतीय मुद्रा कमजोर हुँदा नेपाली मुद्राको अवमूल्यन उच्च
    images
    images

    काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन इतिहासकै उच्च अवस्थामा पुगेको छ। नेपाल राष्ट्र बैङ्कले मङ्गलबारका लागि सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार एक अमेरिकी डलरको बिक्री दर १२४ रुपियाँ २५ पैसा पुगेको छ। भारतसँग स्थिर विनिमय दर भएका कारण भारतीय मुद्रा अवमूल्यन भएपछि नेपाली मुद्रा पनि स्वचालित रूपमा कमजोर बनेको छ ।

    images
    images
    images

    भारतीय रुपियाँ एक सयको नेपाली रुपियाँ १६० स्थिर विनिमय दर छ। अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च हुदैँ गएकाले डलरको मूल्य बढेको र अन्य मुद्राको अवमूल्यन भएको हो। अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा डलर अझै महँगिने आकलन अर्थशास्त्रीहरूको छ। डलर महँगो हुँदा नेपाली अर्थतन्त्रलाई समग्रमा नोक्सानी नै हुने आकलन नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालको छ।
        
    “आयातमुखी अर्थतन्त्र भएकाले हामीलाई थप समस्या पर्ने देखिन्छ, यसै त विदेशी मुद्रा सञ्चिति खस्केको छ, यही बेला डलर बलियो बन्दा खरिदमा अझै बढी खर्चनुपर्ने भएको छ । यसबाट मूल्यवृद्धि दोहोरो अङ्कसम्म पुग्न सक्छ,” उहाँले भन्नुभयो। यसले निर्यातमा सकारात्मक प्रभाव पार्ने सक्ने भए पनि नेपालको निर्यात ज्यादै कम रहेकाले त्यसको लाभ कम हुनसक्छ।
     डलर महँगो हुँदा रेमिट्यान्स भित्रिने क्रम बढ्छ भने पर्यटक आगमन बढ्न लागेकाले केही फाइदा अर्थतन्त्रलाई हुन सक्छ । तर समग्रता आयात उच्च भएकाले नकारात्मक प्रभाव नै बढी रहने डा. नेपालको ठम्याइ छ ।अमेरिकाको केन्द्रीय बैङ्कले आधार दर ०.५ प्रतिशतले वृद्धि गर्दा अमेरिकामै डलरको माग बढ्न थालेको बताइएको छ ।
      
        साथै अमेरिकामै लगानी प्रोत्साहनका कार्यक्रम आएपछि अमेरिकी अर्थतन्त्रमै लगानी विस्तार हुँदाको असर पनि डलर बलियो बन्दै गएको अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीले बताउनुभयो । “रुस–युक्रेन युद्धका कारण पनि अन्तर्राष्ट्रिय लगानीकर्ताले डलर सञ्चतिलाई नै प्राथमिकतामा राखेकाले पनि डलर बलियो भएको हो, डलर बलियो बन्नेक्रम अझै बढ्न सक्छ,” उहाँले भन्नुभयो । डलर महँगो हुँदा अर्थतन्त्रमा पर्ने नकारात्मक असरबाट जोगिन राष्ट्र बैङ्क अझै चनाखो बन्नुपर्ने आवश्यकता रहेको औँल्याउँदै डा. नेपालले आयात निरुत्साहनका लागि राष्ट्र बैङ्कले चालेका कदम अझै प्रभावकारी बनाउन सुझाव दिनुभयो । “विदेशका समस्याले नेपाली अर्थतन्त्रमा परेका नकारात्मक असरको मात्रा बढ्दै गएकाले त्यसको दीर्घकालीन उपाय कार्यान्वयनमा सबै सरोकारवाला लाग्नुपर्छ, अब निर्यात बढाउने उपाय खोजेर अर्थतन्त्रलाई बलियो बनाउनैपर्छ,” उहाँको सुझाव छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।