Logo

२०८३, आश्विन ९गते


images
images

अपेक्षा विपरित बजेटमा सवारी साधनमा कर बढाइएको भन्दै नाडाको असन्तुष्टि

अपेक्षा विपरित बजेटमा सवारी साधनमा कर बढाइएको भन्दै नाडाको असन्तुष्टि

images
  • अपेक्षा विपरित बजेटमा सवारी साधनमा कर बढाइएको भन्दै नाडाको असन्तुष्टि
    images
    images

    काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसनले आर्थिक वर्ष २०८३/८४ को बजेटबारे आफ्नो धारणा सार्वजनिक गर्दै सवारी साधनमा लाग्ने कर नीतिबारे गम्भीर चासो जनाएको छ ।

    images
    images
    images

    संघीय संसदमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटप्रति ध्यानाकर्षण भएको भन्दै नाडाले सरकारले विद्युतीय सवारी साधनमा हाल लाग्दै आएको अन्तःशुल्क हटाएर स्वच्छ पूर्वाधार लगानी शुल्क लागू गर्ने व्यवस्था गरेको र यसले विद्युतीय मात्र नभई इन्धनबाट चल्ने सवारी साधनको मूल्य समेत बढ्ने अवस्था देखिएको बताएको छ ।

    images
    images
    images

    नेपाल विश्व व्यापार संगठनको सदस्य भएको लामो समय भइसकेको र अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रतर्फ अघि बढिरहेको सन्दर्भमा सवारी साधनमा थप कर नबढाउने अपेक्षा गरिएको भए पनि त्यस विपरीत बजेट आएको नाडाले जनाएको छ ।

    images
    images
    images

    त्यस्तै, मोटरको अधिकतम शक्ति क्षमताका आधारमा महशुल दर तोकिँदै आएको व्यवस्था हटाएर अब कारोवार मूल्यका आधारमा कर निर्धारण गर्ने नीति ल्याइएकोप्रति पनि नाडाले असन्तुष्टि जनाएको छ ।

    नाडाले सधैँ स्थिर कर नीतिको माग गर्दै आएको स्मरण गराउँदै सवारी साधनमा कर प्रणाली स्थिर र अनुमानयोग्य हुनुपर्नेमा जोड दिएको छ । साथै, मूल्य स्थिरताका लागि नेपाली रुपैयाँको सट्टा डलरका आधारमा कर निर्धारण गर्नु बढी व्यवहारिक हुने सुझाव पनि दिएको छ ।

    बजेटले करिब तीन खर्ब रुपैयाँ सडक पूर्वाधार निर्माणमा विनियोजन गर्दै अधुरा सडक तथा राजमार्ग पूरा गर्ने प्रतिबद्धता जनाउनु सकारात्मक पक्ष भएको नाडाको मूल्यांकन छ । द्रुत गतिमा पूर्वाधार विकास भएमा अटोमोबाइल व्यवसाय पनि चलायमान हुने अपेक्षा गर्दै नाडाले बजेट महत्वाकांक्षी भए पनि यसको प्रभावकारी कार्यान्वयन भए अर्थतन्त्रलाई गति दिने निष्कर्ष रहेको उल्लेख गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।