Logo

२०८३, आश्विन १०गते


images
images

एक महिनामा १३९ मिडियालाई कारबाही, ४४ अनलाइन बन्द, २९ पत्रकारलाई ध्यानाकर्षण

एक महिनामा १३९ मिडियालाई कारबाही, ४४ अनलाइन बन्द, २९ पत्रकारलाई ध्यानाकर्षण

images
  • एक महिनामा १३९ मिडियालाई कारबाही, ४४ अनलाइन बन्द, २९ पत्रकारलाई ध्यानाकर्षण
    images
    images

    बुटवल । प्रेस काउन्सिल नेपालले स्थानीय तहको निर्वाचनको क्रममा आचारसंहिता उल्लंङ्घन गर्ने १३९ मिडियालाई कारबाही गरेको छ । निर्वाचन आचार संहिता लागुभएपछि गत चैत्र २६ गते देशभरका सञ्चारमाध्यम अनुगमनको क्रममा निर्वाचन आचार संहिता र पत्रकार आचारसंहिता उल्लंघन गर्ने १३९ मिडिया कारबाहीमा परेका हुन् ।

    images
    images
    images

    त्यस्तै काउन्सिलले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ४४ वेभपोर्टललाई नेपालभित्र नचल्नेगरी बन्द गराएको छ । ति अनलाइनहरु नियमानुसार दर्ता/सूचीकरण नभएको काउन्सिलले जनाएको छ । त्यस्तै मनपरी लेख्ने २९ जना पत्रकारलाई ध्यानाकर्षण गराएको काउन्सिलले जनाएको छ । काउन्सिलले पत्रकारको सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययन गर्ने क्रममा फेसबुकबाट कुनै दल विशेष तथा उम्मेदवारको प्रचारप्रसार तथा मत आह्वान गर्ने २९ जना पत्रकारलाई ध्यानाकर्षण गराइएको जनाएको छ ।

    images
    images
    images

    आचारसंहिता प्रतिकूल समाचार सम्प्रेषण गर्ने १३९ मध्ये ३६ वटालाई स्पष्टीकरण सोधिएकोमा २ सञ्चारमाध्यमले पेश गरेको स्पष्टीकरण चित्त बुझ्दो नदेखिएकोले काउन्सिलको निर्देशन अनुसार प्रथम पृष्ठमै क्षमायाचना प्रकाशन गरेका छन् ।

    images
    images
    images

    त्यस्तै तथ्यहीन समाचार लेखेका केहीले गल्ति स्वीकार्दै समाचार हटाएका छन् भने तथ्य खुलाएर माफी मागेर सामग्री प्रकाशन गरेका छन् । कतिपय सञ्चारमाध्यमले भूलसुधार गरि आगामी दिनमा आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएको छन् ।

    काउन्सिलले ८१ सञ्चारमाध्यमलाई आचारसंहिचा पालनामा सजग रहन निर्देशन दिएको छ भने १७ वटालाई सचेत र १६ वटालाई ध्यानाकर्षण गराएको छ ।

    काउन्सिलले मंगलबार राती १२ बजेदेखि मौन अवधि शुरु हुने भएकोले उक्त अवधिमा आचारसंहिता पालनामा थप संवेदनशील, सजग र सचेत हुन सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जालका प्रयोगकर्ताहरुलाई आग्ह गरेको छ ।  received_1610136906026451.jpegreceived_427080369231436.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रेस काउन्सिल नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।