Logo

२०८३, आश्विन ९गते


images
images

श्रीलंकाका प्रधानमन्त्रीको राजीनामा स्वीकृत, देशव्यापी कर्फ्यु घोषणा

श्रीलंकाका प्रधानमन्त्रीको राजीनामा स्वीकृत, देशव्यापी कर्फ्यु घोषणा

images
  • सेतोमसी सहकर्मी
  • श्रीलंकाका प्रधानमन्त्रीको राजीनामा स्वीकृत, देशव्यापी कर्फ्यु घोषणा
    images
    images


    कोलम्बो।  श्रीलंकामा केही दिनयता देखि सुरु भएको आर्थिक सङ्कटको अवस्था झनै गहिरिएको छ ।यहाँको आर्थिक सङ्कटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन् । यहाँका प्रधानमन्त्री महिन्दा राजपाक्छेले सोमबार मात्र आफ्नो पदबाट राजीनामा दिनुभएको छ । 

    images
    images
    images

    उहाँको राजीनामा यहाँका राष्ट्रपति गोटबाया राजपाक्छेले स्वीकृत गर्नुभएको छ । उहाँको राजीनामा सोमबार मध्यरातिदेखि नै स्वीकृत भएको श्रीलंकाली राष्ट्रपतिको कार्यालयले जनाएको छ । 
    जनाइएअनुसार यहाँको सरकारका विरुद्धमा जारी रहेको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी रुपमा कर्फ्युको घोषणा गरेको छ । 

    images
    images
    images

    यसअघि पनि सोमबार रातिदेखि मंगलबारसम्म लगाइएको कर्फ्यु आदेश बुधबारसम्मलाई थप गरिएको पनि श्रीलंकाली सरकारले जनाएको छ । सोमबार मात्र पनि बिहान प्रदर्शनकारीहरूले यहाँका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन् । उनीहरूमध्ये धेरैले प्रधानमन्त्री राजपाक्छेलाई पदबाट राजीनामा नदिनु भनेर प्रदर्शन गरेका बताइएको छ । सिन्ह्वा

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।