काठमाडौं । स्थानीय निर्वाचन २०७९ मा मतदान गर्ने नयाँ मतदाताहरूलाई सम्बन्धित मतदान केन्द्रबाट मतदान अधिकृतले वैशाख २८ र २९ अर्थात् बुधवार र बिहीबार मतदाता परिचयपत्र उपलब्ध गराउने छ ।
पुरानो मतदाता परिचयपत्र हराएको वा प्रयोग योग्य नभएकाले मतदातापत्रको माग गर्दै निवेदन पेस गरेकाहरूलाई पनि त्यहि दिन मतदाता परिचयपत्र उपलब्ध गराइने आयोगको भनाइ छ।
तर मतदाता नामावलीमा नाम प्रकाशित भए पनि परिचयपत्र नभएकाको हकमा के हुन्छ भन्ने कुराको निर्णय आयोगले हालसम्म पनि गरेको छैन।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology