Logo

२०८३, आश्विन ११गते


images
images

समाचार

देवदहबाट हराए २४ वर्षीय निशान, दुई वर्षको छोरो बोकेर श्रीमानको खोजीमा अमिशा

देवदहबाट हराए २४ वर्षीय निशान, दुई वर्षको छोरो बोकेर श्रीमानको खोजीमा अमिशा

images
  • देवदहबाट हराए २४ वर्षीय निशान, दुई वर्षको छोरो बोकेर श्रीमानको खोजीमा अमिशा
    images
    images

    देवदह । काखमा दुई वर्षको छोरो, मनभरी चिन्ता र पीडा बोकेर देवदहकी अमिशा विक सोमबार सेतोमसी कार्यालय पुगिन् । टन्टलापुर घाममा मिडियाको साथ खोज्दै सेतोमसीमा आएकी उनले आफ्नो श्रीमान् हराएकोले खोजी कार्यमा सहयोग गरिदिन अनुरोध गरिन् ।

    images
    images
    images

    देवदह नगरपालिका-११ शंकरपुर बस्दै आएका २४ वर्षीय निशान रामदम गत वैशाख २९ गतेदेखि परिवारको सम्पर्कमा छैनन् । २०८१ पौष २ गते बैदेशिक रोजगारीको लागि कोरिया गएका श्रीमान् नेपाल आएपछि सम्पर्क बिहिन हुँदा दुई वर्षको छोरासहित निशानको खोजीमा अमिशा भौतारिरहेकी छन् ।

    images
    images
    images

    अमिशाका अनुसार वि.सं. २०८३ वैशाख ५ गते कोरियाबाट फर्किएका निशानलाई उनी र उनका परिवारले काठमाडौं स्थित विमानस्थलमा भेटेको थियो । केहि समय पछि एकदिन घरमा आएपनि बिहेमा जान्छु भनेर निस्किएका निशान त्यसयता न घर फर्किएका छन्, न त परिवारसँग कुनै सम्पर्क नै गरेका छन् । आफन्त, साथीभाइ तथा सम्भावित स्थानहरूमा खोजी गर्दा पनि कुनै जानकारी प्राप्त हुन नसकेपछि अमिशाले वैशाख ३० गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा निवेदन दिएकी थिइन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय रुपन्देही अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले समेत निशानको खोजीका लागि सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ । प्रहरीका अनुसार हालसम्म उनको अवस्था खुल्न सकेको छैन ।

    प्रहरीले उपलब्ध गराएको विवरणअनुसार निशान रामदम २४ वर्षका, गहुँगोरो वर्णका र मझौला शरीरका छन् । उनी नेपाली तथा कोरियन भाषा समेत बोल्न सक्ने प्रहरीको विवरणमा उल्लेख छ ।

    श्रीमान् हराएपछि परिवार चिन्तित बनेको छ भने अमिशा दिनहुँ उनको सकुशल फिर्तीको प्रतीक्षामा छिन् । ‘छोराले पनि बुबा खोज्छ, कहाँ गए थाहा छैन ।’ उनले भावुक हुँदै खोजीमा सहयोग गरिदिन सबैसँग आग्रह गरिन् ।

    निशान रामदमको बारेमा कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा निवेदक अमिषा विकको सम्पर्क नम्बर ९७०८५२११३५ मा जानकारी गराउन अमिशाले आग्रह गरेकी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निशान
  • # अमिशा
  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।