Logo

२०८३, आश्विन ९गते


images
images

बलिवुड

डन- ३ विवाद : अभिनेता रणवीर सिंहले चलचित्र कर्मचारी संघलाई पठाए कानुनी नोटिस

डन- ३ विवाद : अभिनेता रणवीर सिंहले चलचित्र कर्मचारी संघलाई पठाए कानुनी नोटिस

images
  • डन- ३ विवाद : अभिनेता रणवीर सिंहले चलचित्र कर्मचारी संघलाई पठाए कानुनी नोटिस
    images
    images

    काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहले पश्चिम भारत चलचित्र कर्मचारी महासंघलाई कानुनी नोटिस पठाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले जुन २ मा उक्त नोटिस पठाएका हुन् ।

    images
    images
    images

    नोटिसमा उनले माग गरेको विषय स्पष्ट गरिएको छैन । तर यसअघि मे २५ मा महासंघले रणवीर सिंहविरुद्ध असहयोगको निर्णय गर्दै आफ्ना सबै सदस्यलाई उनको कुनै पनि परियोजनामा काम नगर्न दिएको निर्देशनको विषयमा भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    images
    images
    images

    यो विवाद फिल्म डन ३ सँग जोडिएको छ । उक्त फिल्म निर्माण कम्पनी एक्सेल इन्टरटेन्मेन्ट हो, जसका प्रमुख निर्देशक फरहान अख्तर हुन् ।

    images
    images
    images

    रणवीर सिंहले फिल्म छोडेपछि बढेको विवाद अब कानुनी झमेलामा प्रवेश गरेको छ । निर्माण पक्षले रणवीर सिंहले फिल्म छोडेपछि ४५ करोड क्षति भएको भन्दै क्षतिपुर्ति माग गरेको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डन- ३
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।