बुटवल । देवदह नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार ध्रुव खरेलले सुन्दर र विकसित देवदहको निर्माणका लागि नेकपा एमालेका उम्मेदवारहरुको बिजय आवश्यक रहेको बताएका छन्। सोमबार देवदहमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै खरेलले १२ वटै वडा सहित प्रमुख र उपप्रमुख पदमा विजयी भएर एमालेले देवदहमा जनसरकार बनाउने बताएका हुन् ।
सुशासन र समृद्धि समाजवादको आधार देवदहमा नेकपा एमालेको सरकार भन्ने अगाडी बढेको एमालेको जितबाट मात्रै देवदहको समृद्धि सम्भव हुने तथा आफुले निर्वाचनका क्रममा मतदातासंग राखेका प्रतिवद्धतालाई कार्यान्वयन गर्न कुनै कन्जुस्याई नगर्ने उनको भनाइ छ।
देवदहका पर्यटकीय सम्भावना रहेका क्षेत्रहरुको बिकास प्रर्वधन र प्रचार प्रसारको योजना र तिनिहरुको संरक्षण गर्ने कार्यका लागि नेकपा एमालेले जित्नु पर्नेमा उनको जोड थियो ।
देवदहमा लामो समयदेखि समस्याको रुपमा रहेको भुमिहिन, अब्यवस्थीत बासोवास र लालपुर्जा बिहिनहरुको समस्या समाधान गर्ने काममा योजनाबद्ध ढंगले लाग्ने प्रतिबद्धता जनाउँदै खरेलले नगरभित्रका बालबालिकाहरुलाई विद्यालयको सबैको पहुंचमा पुर्याउने, आगामी ५ बर्ष भित्र नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुसार आवश्यक पुर्वाधारहरु तयार गर्ने उनको भनाइ छ।
एक विद्यालय एक स्वास्थ्यकर्मी र एक शिक्षक एक ल्यापटपको ब्यवस्था मिलाउने जस्ता कार्यक्रम अगाडी सार्दै एमालेले नगरको समग्र बजेटको २० प्रतिशत शिक्षामा लगाउने योजना बनाएको छ।
निर्वाचन परिचालन कमिटी देवदहका अध्यक्ष टिकाराम चापागाईंको अध्यक्षता सम्पन्न कार्यक्रममा एमाले नेता डा. कृष्ण न्यौपाने, डोलराज चापागाईं लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology