Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

प्रधानमन्त्री शाहलाई भारतको जवाफ : नेपाल-भारतको द्विपक्षीय मामिलामा तेस्रो पक्षको कुनै भूमिका छैन

प्रधानमन्त्री शाहलाई भारतको जवाफ : नेपाल-भारतको द्विपक्षीय मामिलामा तेस्रो पक्षको कुनै भूमिका छैन

images
  • प्रधानमन्त्री शाहलाई भारतको जवाफ : नेपाल-भारतको द्विपक्षीय मामिलामा तेस्रो पक्षको कुनै भूमिका छैन
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा भारतसँगको सीमा विवादबारे आइतबार दिएको अभिव्यक्तिमाथि भारतको विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ ।

    images
    images
    images

    मंगलबार भारतीय विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता रणधीर जयसवालले नेपालसँगको द्विपक्षीय मामिलामा तेस्रो पक्षको कुनै पनि भूमिका नरहने स्पष्ट गरेका हुन् । प्रधानमन्त्री शाहले संसदमा लिपुलेक बारे बेलायतसँग कुरा गर्नुपर्ने बताएको प्रति संकेत गर्दै प्रवक्ता जयसवालले भने- 'सबै सम्बन्धित पक्षलाई यो स्पष्ट हुनुपर्छ, भारत र नेपालबीच जे पनि द्विपक्षीय मामिला छन्, त्यसमा तेस्रो पक्षको कुनै भूमिका छैन ।'

    images
    images
    images

    प्रधानमन्त्री शाहले आइतबारको संसदमा नेपालले पनि भारतको जग्गा मिचेको बताउदै बेलायतले ब्रिटिस इन्डिया छाड्दै गर्दाको (सीमा) समस्या अहिलेसम्म रहेकाले यसबारे बेलायत सरकारले पनि सरोकार राख्नुपर्छ भन्ने नेपालको मान्यता रहेको बताएका थिए ।

    images
    images
    images

    तर प्रधानमन्त्री शाहको यस अभिव्यक्तिको जवाफमा भारतले बेलायतको भूमिकालाई सिधै अस्वीकार गरेको छ । प्रवक्ता जयसवालले भारत-नेपाल सीमाबारे नेपालका प्रधानमन्त्रीको टिप्पणी, उनको बयान र सँगसँगै नेपालको विदेश (परराष्ट्र) मन्त्रालयको तर्फबाट जारी गरिएको वक्तव्य बारे जानकार रहेको बताउदै भारत-नेपाल सीमाको लगभग ९८ प्रतिशत हिस्सा निर्धारित भइसकेको र केही स्थानमा समस्या रहेको बताएका छन् ।

    उनले सीमाको निर्धारित हिस्सामा सीमापार कब्जा र 'नो म्यान्स ल्यान्ड' (दसगजा क्षेत्र) मा अतिक्रमणका घटना पनि रहेको र त्यसलाई संयुक्त रूपमा मानचित्रण भइरहेको बताए । उनले सीमासम्बन्धी सबै मामिला सुल्झाउन द्विपक्षीय संयन्त्रले काम गरिरहेको समेत बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • # भारत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।