Logo

२०८३, आश्विन १०गते


images
images

वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका पदम थापा एमालेमा फर्किदै भने - 'हाँस खोला तिर गयो'

वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका पदम थापा एमालेमा फर्किदै भने - 'हाँस खोला तिर गयो'

images
  • वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका पदम थापा एमालेमा फर्किदै भने - 'हाँस खोला तिर गयो'
    फाइल फोटो
    images
    images

    देवदह । नेकपा एमालेले वडा अध्यक्षको टिकट नदिए पछि बागी उम्मेदवारी दिएका वडा नम्बर ७ का उम्मेदवार पदम थापाले पार्टीका आधिकारिक  उम्मेदवारलाई सघाउने भन्दै एमालेमै फर्किएका छन् ।

    images
    images
    images

    पार्टीले अपमान गरेको र योगदानको कदर नगरेको भन्दै पत्रकार सम्मेलन गरेर पार्टी बाट अलग भएको घोषणा गरेका थापा पुनः पार्टीमै फर्किएका हुन् ।

    images
    images
    images

    तपाईंले हाँस चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो, फेरि पार्टीमै फर्किनु भएछ अब तपाईंको चिन्ह हाँसको के हुन्छ भन्ने प्रश्नमा थापाले ठट्टा गर्दै हाँस खोला तिर गएको उल्लेख गरेका छन् ।

    images
    images
    images

    उनले केन्द्र देखि प्रदेश र स्थानीय नेताहरू लगातार रुपमा उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न दबाब र निरन्तर आग्रह भएपछि आफुले एमालेलाई नै सहयोग गर्ने निर्णय गरेको समेत बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # पदम थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।