Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षा

ईप्सा रूपन्देहीको अध्यक्षमा विनोद थापा मगर निर्वाचित

ईप्सा रूपन्देहीको अध्यक्षमा विनोद थापा मगर निर्वाचित

images
  • ईप्सा रूपन्देहीको अध्यक्षमा विनोद थापा मगर निर्वाचित
    images
    images

    देवदह । पूर्वी क्षेत्र निजी विद्यालय एशोसियसन (ईप्सा) रूपन्देहीको प्रथम अधिवेशनले विनोद थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

    images
    images
    images

    नयाँ कार्यसमितिको उपाध्यक्षमा टिकाराम चापागाईं, सचिवमा कमल पौडेल, कोषाध्यक्षमा प्रेम नारायण केवट तथा सहसचिवमा राजेन्द्र पराजुली निर्वाचित भएका छन् । सदस्यहरूमा हरी भट्टराई र डी.बी. मोक्तान चयन भएका छन् ।

    images
    images
    images

    अधिवेशनको खुला तथा बन्द सत्र संगठनका अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष एकनारायण काफ्ले प्रमुख अतिथि तथा कृष्णप्रसाद पौडेल विशिष्ट अतिथिका रूपमा सहभागी थिए । कार्यक्रमको सञ्चालन सचिव विनोद थापा मगरले गरेका थिए भने उपाध्यक्ष सी.बी. थापाले स्वागत मन्तव्य राखेका थिए ।

    images
    images
    images

    बन्द सत्रमा सचिव विनोद थापा मगरले प्रस्तुत गरेको सचिवको प्रगति तथा सांगठनिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको थियो । त्यसैगरी कोषाध्यक्ष कृष्णप्रसाद गैरेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गरिएको थियो ।

    अधिवेशनले सचिव विनोद थापा मगरद्वारा तयार पारिएको संगठनको विधान मस्यौदा-२०८३ माथि छलफल गरी आवश्यक संशोधनसहित पारित गरेको जनाएको छ ।

    नयाँ नेतृत्व चयनका लागि बोधराज गौडेलको संयोजकत्वमा गठन गरिएको निर्वाचन समितिमा एकनारायण काफ्ले र महेश पराजुली सदस्य रहेका थिए । निर्वाचन समितिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भएको घोषणा गरेको थियो ।

    नवनिर्वाचित अध्यक्ष विनोद थापा मगरले निजी विद्यालयहरूको साझा हित, गुणस्तरीय शिक्षा प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणका लागि संगठनलाई सक्रिय रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ईप्सा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।