देवदह । रुपन्देहीको देवदहमा दोश्रो ईप्सा खेलकुद महोत्सव-२०८२ हुने भएको छ । पुर्वी क्षेत्र निजी विद्यालय एशोसियसन (ईप्सा) रुपन्देहीको आयोजनामा दोश्रो ईप्सा खेलकुद महोत्सव-२०८२ हुने भएको हो ।
विद्यार्थीहरु बिच आत्मियता, सौहार्दता, मेलमिलापको भावना जागृत गराउने तथा खेलमा रुची राख्ने विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको ईप्सा रुपन्देहीका अध्यक्ष रामबहादुर गुरुङले जानकारी दिए ।
कार्यक्रमबारे जानकारी दिन बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा यही माघ २ गतेदेखि ४ गतेसम्म देवदह-५, पानकारी खेल मैदानमा दोश्रो ईप्सा खेलकुद महोत्सव हुने खेल संयोजक कमल पौडेलले जानकारी बताए । पत्रकारहरु माझ बोल्दै संयोजक पौडेलले प्रतियोगितामा विद्यार्थीहरुलाई सव जुनियर, जुनियर र सिनियर गरी तिन समुहमा विभाजन गरिएको जानकारी दिए ।
दोश्रो ईप्सा खेलकुद महोत्सव-२०८२ मा भलिवल वाहेक २२ विधामा ईप्सामा आवद्ध १५ वटा विद्यालयका करिव ९ सय विद्यार्थीहरुले प्रतिस्पर्धा गर्नेछन् । खेलकुद महोत्सवमा एथलेटिक्स, रिले दौड, सटपुट, ज्याभलिन थ्रो, भलिवल लगाएतका खेलमा विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने संयोजक पौडेलले जानकारी दिए ।
यसैगरी प्रतियोगितामा छात्र, छात्रा भलिवल हुने जनाउँदै भलिवलका विजेताले नगद २५ हजार, उपविजेताले नगद १५ हजार र तृतिय हुनेले नगद ५ हजार प्राप्त गर्ने जनाइएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिव ५ लाख रुपैंया खर्च लाग्ने जनाउँदै ईप्सामा आवद्ध विद्यालयले त्यसको व्यवस्थापन गर्ने र अपुग रकम ईप्साले व्यवस्थापन गर्ने बताइएको छ । प्रतियोगितामा एउटा विद्यार्थीले भलिवल वाहेक २ वटा विद्यामा मात्र सहभागिता जनाउन पाउने खेल संयोजक पौडेलले जानकारी दिए ।
सोहि अवसरमा बोल्दै ईप्सा रुपन्देहीका अध्यक्ष रामबहादुर गुरुङ्गले खेलकुदको विकासमा नीजि विद्यालयहरुको महत्वपूर्ण योगदान रहेको बताए । अध्यक्ष गुरुङले निजी विद्यालयले गुणस्तरिय शिक्षासंगै खेलकुदलाई पनि संगसंगै लैजाने काम गरेको बताउँदै खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउने उल्लेख गरे । ईप्साले आगामी बर्ष देखि ईप्सा खेलकुद महोत्सवलाई रनिङ्ग शिल्डको रुपमा अगाडि बढाउने समेत गुरुङले बताए ।
ईप्साले प्रतियोगितामा विवाद आउन सक्ने हुँदा विवाद समाधान गर्नको लागि आचार संहिता निर्माण गरेर अगाडि बढेको समेत जनाएको छ । ईप्सा रुपन्देहीका सचिव विनोद थापा मगरको सञ्चालनमा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology