Logo

२०८३, आश्विन १०गते


images
images

रिक्सा व्यवसायीको ध्यानाकर्षण र्‍यालीमा देवदहको मेयरका प्रत्यासीको सम्बोधन र प्रतिबद्धता

रिक्सा व्यवसायीको ध्यानाकर्षण र्‍यालीमा देवदहको मेयरका प्रत्यासीको सम्बोधन र प्रतिबद्धता

images
  • रिक्सा व्यवसायीको ध्यानाकर्षण र्‍यालीमा देवदहको मेयरका प्रत्यासीको सम्बोधन र प्रतिबद्धता
    images
    images

    देवदह । देवदहमा संचालित रिक्सा चालकहरूले निकालेको ध्यानाकर्षण र्‍यालीमा नगरप्रमुखका उम्मेदवारहरूले सम्बोधन गरेका छन् । शनिबार बिहान आयोजित र्‍यालीलाई सम्बोधन गर्दै मेयर पदका प्रत्यासीहरूले रिक्सा।व्यवसायीहरू माग पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।

    images
    images
    images

    र्‍यालीलाई सम्बोधन गर्दै नेपाली कांग्रेस र नेकपा माओवादीकेन्द्रको गठबन्धनबाट मेयरको उम्मेदवार रहेका हिरा बहादुर खत्रीले रिक्सा व्यवसायीले नागरिकलाई घरघरमै सेवा दिएको उल्लेख गरे । रिक्सा व्यवसायलाई थप सम्मानित र व्यवस्थित गर्न यस अघि पनि नगरपालिकाले केहि कार्यविधी बनाएको उल्लेख गर्दै निवर्तमान मेयर समेत रहेका खत्रीले उक्त व्यवसायलाई थप व्यवस्थित गर्न रुट परमिट, भाडा दर तय र पार्किङ लगायतका काम गर्न अझै बाँकी रहेको र आफू विजयी भएपछि व्यवसायीका पदाधिकारीसंगको सहमतिमा उक्त काम गरिने बताउँदै उनीहरूला माग पूरा गर्न प्रतिबद्धता जनाएका थिए   ।

    images
    images
    images

    त्यसैगरी सोहि र्‍यालीलाई सम्बोधन गर्दै नेकपा एमालेबाट मेयर पदका उम्मेदवार ध्रुब प्रसाद खरेलले रिक्सा व्यवसायलाई व्यवस्थित गर्न आफू प्रतिबद्ध भएको जनाएका थिए । रिक्सा व्यवसायले सयौंलाई रोजगारी र हजारौं नागरिकलाई सेवा दिएको उल्लेख गर्दै उनले रिक्सा चालकका मागमा आफ्नो समर्थन रहेको बताएका थिए ।

    images
    images
    images

    त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयर पदका उम्मेदवार माधव रिमालले रिक्सा व्यवसायले विदेश पलायनलाई रोकेर देशमै गरिखाने बाताबरण सिर्जना गरेको भन्दै आफू सधैं रिक्सा व्यवसायीको साथमा रहने उल्लेख गरेका थिए ।

    त्यसैगरी रिक्सा व्यवसायीसंघका नेतासमेत रहेका उपमेयर पदका स्वतन्त्र उम्मेदवारले आफू जितेपनि हारेपनि रिक्सा व्यवसायी र मजदुर कै पक्षमा रहेको बताएका थिए ।

    करिब १०० को हाराहारीमा रिक्सा चालकले रिक्सा र्‍याली गर्दै देवदहको शितलनगरबाट खैरेनीसम्म पुगेर कोणसभामा परिणत भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।