Logo

२०८३, श्रावण २७गते


images
images

गणतन्त्र दिवस विशेष कविता

रगतले साटी ल्याएको गणतन्त्र

रगतले साटी ल्याएको गणतन्त्र

images
  • रगतले साटी ल्याएको गणतन्त्र
    images
    images

    आमा रोइरहेकि छ न्अझै छोराछोरी  गुमाएर ।
    श्रीमती सेतो पोशाकमा छिन् सिन्दूर मेटाएर ।।
    बाबु ढले आगनमा सन्तानको सपनासँगै ।
    कैयौं विरक्तमा छन् घरबार भएर भताभुङ्गै ।।

    images
    images
    images

    कैयौ बाआमाले आफ्नो काख रित्तो पारे ।
    कसैले अङ्ग गुमाएर यहाँ जीवन आधा हारे ।।
    बग्यौ यहाँ पानी सरी आँसु र रगतको खोलो ।
    गणतन्त्रमा पनि भएन बरै जनताको भलो ।।

    images
    images
    images

    गणतन्त्र यहाँ यत्तिकै कहाँ आएको हो र हेर ।
    गरिब, दु:खी, मजदुर, किसानको लगानी छ धेर ।।
    गणतन्त्र हो सहिदको छाती चिरेर उम्रिएको ।
    नेपाली जनताहरुकै रगतले सिञ्चिएको ।।

    images
    images
    images

    गणतन्त्रको लागि सडकमा नारा घन्काउने जन
    हेर आज खाडीको घाममा ती पोलिएका छन् ।।
    देशको भविष्य लेख्न जसले आफ्नो रगत दिए ।
    फेरिय कैयौ सरकारहरु खै आज तिनले के पाए ।। 

    सत्ता फेरियो, कुर्सी फेरियो, नेताहरु फेरिए
    अनुहार फेरिए, बोली फेरिए पाटिहरु घेरिए ।।
    गाउँका चुल्हा उस्तै चिसा पिडाहरु उस्तै छन्
    महङ्गी, रोग, शोकले सताएको छ अझै यहाँ झन् ।।

    नेता हो सम्झ तिमीले यो गणतन्त्र कसरी आएको हो 
    कति आमाको काख रित्तिएर  आशा निभेको हो ।।
    अझै कति हिडिरहेका छन् शरिरमा बोकी गोली
    तिनैलाई सराप्दै कोही खेल्दैछन् गणतन्त्रको होली ।।

    सचेत र सजग बनौ सहिदको रगत खेर नजाओस्
    बलिदानीले  आएको व्यवस्था,फेरि टाढा नजाओस् ।।
    बेपत्ता र शहिदलाई सम्झ संघर्षको इतिहास जनाओै 
    रगतले साटेको गणतन्त्रलाई अझै जनमुखी बनाऔ ।।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।