Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

काठमाडौँ महानगरद्वारा गोरखा मिडिया नेटवर्कको नाममा लिलाम गर्ने १५ दिने अन्तिम सूचना

काठमाडौँ महानगरद्वारा गोरखा मिडिया नेटवर्कको नाममा लिलाम गर्ने १५ दिने अन्तिम सूचना

images
  • काठमाडौँ महानगरद्वारा गोरखा मिडिया नेटवर्कको नाममा लिलाम गर्ने १५ दिने अन्तिम सूचना
    images
    images

    काठमाडौँ । गोरखा मिडिया नेटवर्क प्रालिका नाममा काठमाडौँ महानगरपालिकाले १५ दिने अन्तिम सार्वजनिक सूचना जारी गरेको छ ।

    images
    images
    images

    काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी मृगेन्द्र प्रसाद मिश्रले गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु राईविरुद्ध दायर गरेको ‘भाडा असुल उपर गरी घरजग्गा खाली गराइपाऊँ’ मुद्दामा न्यायिक समितिले यसअघि नै घरजग्गा खाली गराउने निर्णय गरेको थियो ।

    images
    images
    images

    काठमाडौँ महानगरपालिका न्यायिक समितिले २०८१ कात्तिक १४ गते वादीको दाबीअनुसार बहाल रकम तथा बहाल कर प्रतिवादीबाट असुल गरी घरजग्गा खाली गराउने फैसला गरेको थियो ।

    images
    images
    images

    उक्त निर्णयविरुद्ध परेको निवेदनमा उच्च अदालत पाटनले २०८२ साउन २८ गते दुई महिनाभित्र न्यायिक समितिको निर्णय कार्यान्वयन गर्न काठमाडौँ महानगरपालिकाका नाममा परमादेश जारी गरेको थियो । अदालतको आदेशपछि २०८२ कात्तिक १४ गते महानगरपालिकाको टोली खटिएर निर्णय कार्यान्वयन गरिएको जनाइएको छ ।

    निर्णय कार्यान्वयन भएको ६ महिना पूरा भएपछि ग्यालेक्सी फोरके टेलिभिजन कार्यालयमा रहेका सामान लिलाम गरिपाऊँ भन्दै मृगेन्द्र मिश्रले गत वैशाख २१ गते निवेदन दिएका थिए । त्यसपछि महानगरपालिकाले सूचना जारी गर्दै १५ दिनभित्र घरधनीलाई बुझाउनुपर्ने बहाल रकम बुझाई ग्यालेक्सी फोरके टेलिभिजनसँग सम्बन्धित सरसामान लैजान आग्रह गरेको छ ।

    महानगरपालिकाले तोकिएको अवधिभित्र सामान नलगिए काठमाडौँ महानगरपालिका विवाद निरूपण कार्यविधि ऐन २०७५ को दफा ७० बमोजिम सामान लिलाम गरिने चेतावनी समेत दिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।