Logo

२०८३, श्रावण २७गते


images
images

काठमाडौँ महानगरका ७० माथिका ४५२ ज्येष्ठ नागरिकको आँकडा संकलन, ११ को अवस्था गम्भीर

काठमाडौँ महानगरका ७० माथिका ४५२ ज्येष्ठ नागरिकको आँकडा संकलन, ११ को अवस्था गम्भीर

images
  • काठमाडौँ महानगरका ७० माथिका ४५२ ज्येष्ठ नागरिकको आँकडा संकलन, ११ को अवस्था गम्भीर
    images
    images

    काठमाडौं । काठमाडौँ महानगरले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षणका क्रममा ४५२ जनामध्ये ११ जनाको अवस्था गम्भीर भेटिएपछि तत्काल अस्पताल पठाउनुपर्ने देखिएको जनाएको छ । साथै २०८ जनालाई नियमित स्वास्थ्य निगरानी आवश्यक रहेको पाइएको छ ।

    images
    images
    images

    माघ १८ देखि सुरु गरिएको सर्वेक्षणमा कमजोर आर्थिक अवस्थाका कारण ८२ जना ज्येष्ठ नागरिकले उपचार गर्न कठिनाइ भोगिरहेको र १९२ जना स्वास्थ्य बिमा बाहिर रहेको भेटिएको छ। बिमा नभएका नागरिकलाई बिमा कार्यक्रममा जोड्न सहजीकरण भइरहेको महानगरले जनाएको छ ।

    images
    images
    images

    सर्वेक्षणमा उच्च रक्तचाप, मधुमेह, मुटु, दम तथा अन्य दीर्घरोगको समस्या व्यापक देखिएको छ भने केही ज्येष्ठ नागरिक ओछ्यानमा आश्रित अवस्थामा रहेका छन् ।

    images
    images
    images

    महानगरले घरमै पुगेर स्वास्थ्य परीक्षण, परामर्श र आवश्यक उपचार सेवा दिने उद्देश्यले सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरेको जनाएको छ । आर्थिक रूपमा कमजोर, अशक्त वा स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काठमाडौं महानगर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।