Logo

२०८३, आश्विन १०गते


images
images

देवदहको विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस नेता रज्जाकको आग्रह

देवदहको विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस नेता रज्जाकको आग्रह

images
  • देवदहको विकासका लागि  गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस नेता रज्जाकको आग्रह
    images
    images

    देवदह । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अब्दुल रज्जाकले स्थानीय तह निर्वाचनमा देवदहबाट गठबन्धनका हिरा केसी र सुन्दरी गिरीलाई जिताउन आग्रह गरेका छन् ।  देशलाई अफ्ट्यारो परेको बेला नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सधै एकै ठाउँ उभिएर निकास दिएको उल्लेख गर्दै नेता रज्जाकले देवदहको सर्वाङ्गिण विकासकालागि गठबन्धनले जित्नुपर्ने बताएका हुन् ।

    images
    images
    images

    देवदहमा चुनावी घरदैलो अभियानमा सोमबार मतदातासंग अन्तरक्रिया गर्दै रज्जाकले १९ दिने जनआन्दोलन, बृहत शान्ति सम्झौता होस्  र संविधान जारी गर्ने काम सबै कांग्रेस र माओवादीको उचित पहल र नेतृत्वको कारण सम्भव भएको बताए ।   केपी शर्मा ओली नेतृत्वको एमालेबाट देश विकास हुन नसक्ने उल्लेख गर्दै उनले हरेक अप्ठयारो परिस्थितीमा  कांग्रेस र माओवादीले काध थापेर देशलाई अगाडी बढाएको जिकिर गरे ।

    images
    images
    images

    केपी ओलीले आफ्नै दुई तिहाईको सरकारलाई विचमै ढालेर देशलाई अन्धकार तर्फ धकेली रहेको अवस्थामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, समाजवादी पार्टी लगाएतलको पार्टीले गठबन्धन सरकार बनाएर देशलाई निकास दिएको दावी गर्दै उनले देवदह नगरपालिकाको समृद्धिका लागि पनि गठबन्धनको जीत अनिवार्य भएको बताए ।

    images
    images
    images


    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।