देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा न १० चरङ्गेमा शनिबार राति घरमै राखिरहेको नेकपा (एमाले) को प्रचार सामग्रीसँगै दुई ओटा अटो रिक्सामा तोडफोड भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै नेकपा एमालेले नेपाली काँग्रेसका कार्यकर्ताले उक्त घटना घटाएको आरोप लगाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै एमालेबाट वडाध्यक्षका उम्मेदवार मनकुमार कनौजेले भौतिक आक्रमणमा उत्रीनुले गठबन्धन बैचारिक रुपमा हारिसकेको पुष्टि भएको बताए ।
शनिबार राती करिब १२ बजेको समयमा घर अगाडीको सडक लाईट तोडफोड गर्नुका साथै घर अगाडी नै पार्किङ गरेर राखेका अटो रिक्सामा धारिलो हतियार प्रहार गरिएको स्थानीयको भनाइ छ ।
स्थानीय बुद्धिमाया गोलेको घरमा पार्किङ गरेर राखिएको ना २ ह ६७२ नम्बरको अटो रिक्सा र उक्त रिक्सामा टाँसिएको नेकपा एमालेको प्रचारसामग्रीमा धारिलो हतियार प्रहार गरिएको छ । यसैगरी सोही ठाउँका सोमबहादुर खड्काको लु १ ह २५५६ नम्बरको अटो रिक्सामा समेत आक्रमण भएको पीडिहरुले बताएका छन् ।
उक्त घटनाबारे गठबन्धनबाट वडाध्यक्षका उम्मेदवार एक बहादुर सुनारले त्यसप्रकारको आक्रमण आफुहरूले सोंच्न पनि नसक्ने बताए । घटनामा आफ्नो दल र गठबन्धनको कुनैपनि संलग्नता नभएको उनको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology