विष्णु पोखरेल, देवदह । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि देवदहमा ३५८ जनाको मनोनयन परेकोमा शुक्रबार साँंझ ५ बजेसम्म १४ जना उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । निर्वाचन आयोग देवदहले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीमा ३४४ उम्मेदवार रहेका छन् । जसमध्य २२ जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी ३२२ जना दलिय उम्मेदवार रहेको निर्वाचन आयोगको कार्यालय देवदहले जनाएको छ ।
देवदहमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, जनमत पार्टी, जनता समाजवादी पार्टी, नेपाल दलित पार्टी लगायतका दलहरूले उम्मेदवारी दिएका छन् ।
जसमध्य देवदह नगरपालिकाको नगरप्रमुखको उम्मेदवारमा ८ स्वतन्त्र सहित १७ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुख पदमा १ स्वतन्त्र सहित ८ जनाको उम्मेदवारी परेको छ । यद्यपि प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका मध्य केही उम्मेदवार पार्टीकै योजनामा 'डमी' उम्मेदवार बनेको ती दलको आन्तरिक स्रोतले जनाएको छ । सम्पुर्ण कानुनी प्रक्रिया पुर्याएर उम्मेदवारी दर्ता गर्ने र निर्वाचनको दिन सवारी प्रयोग लगायत बुथ प्रतिनिधिहरूको संख्या बढी व्यवस्थापन गर्न दलहरूले आफ्ना विश्वास पात्रलाई त्यसप्रकारका 'डमी' उम्मेदवार खडा गर्ने गर्दछन् ।
४० वर्ष मुनीका १२४ जना, ३० बर्ष मुनिका २७ जनाको उम्मेदवारी : स्थानीय तहको निर्वाचनमा देवदहबाट युवाहरूको पनि उल्लेख्य उम्मेदवारी परेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको नामावली अनुसार २१ बर्षदेखि ३० बर्षसम्मका उम्मेदवार २७ जना रहेका छन् भने ३१ देखि ४० बर्षसम्मका उम्मेदवारको संख्या ९७ रहेको छ । यसरी हेर्दा ४० बर्ष मुनीका उम्मेदवारको संख्या १२४ रहेको छ । जुन कुल उम्मेदवार संख्याको ३६.०४ प्रतिशत हुन आउँछ ।
यी हुन् ३० बर्ष मुनीका उम्मेदवारहरू :
सन्तराम नाउ - २५ बर्ष
रामऔतार चौधरी - २३ बर्ष
राजाराम यादव - २६ बर्ष
रोशनी पासी - २८ बर्ष
विष्णु गाहा - २९ बर्ष
अरुणा विक - ३० बर्ष
तिर्सना छन्त्याल - ३० बर्ष
रेजिना राना - २८ बर्ष
सपना गुरुङ - २८ बर्ष
रुपा सुनार - २९ बर्ष
विजय दानियल गुरुङ - २५ बर्ष
कृष्ण न्यौपाने - २९ बर्ष
सुस्मा नेपाली - २९ बर्ष
आकाश विक - २२ बर्ष
भुवन खासु - २८ बर्ष
आरसुन निसा - २८ बर्ष
तुलसा गुरुङ - २३ बर्ष
सुरज भट्टराई - २४ बर्ष
सुरज बस्याल - २४ बर्ष
राजेश केवट - २७ बर्ष
प्रमिला बिक - २१ बर्ष
२१ देखि ७७ बर्षसम्मका उम्मेदवार : देवदहमा सबैभन्दा सबैभन्दा कम उमेरको उम्मेदवार २१ बर्षिया प्रमिला विक रहेकी छन् । उनले नेपाल मंगोल अर्गनाइजेसनबाट दलित महिला सदस्यको रुपमा उम्मेदवारी दिएकि हुन् भने सबैभन्दा जेष्ठ उम्मेदवार ७७ बर्षिय मोहन बहादुर फौजाली रहेका छन् । उनी राप्रपाबाट उम्मेदवार बनेका हुन् ।
सबैभन्दा कम उमेरको वडाध्यक्षको उम्मेदवार विजय दानियल गुरुङ रहेका छन् । २६ बर्षिय उनी मंगोल नेशनल अर्गनाइजेसनबाट वडा नं. ६ को उम्मेदवार वडाध्यक्षको उम्मेदवार बनेका हुन् ।
उप प्रमुख भन्दा प्रमुखका उम्मेदवार दुई गुणा बढी : त्यसैगरी तथ्यांक अध्ययन गर्दा उपप्रमुख भन्दा प्रमुख पदका उम्मेदवार दुई गुणाभन्दा पनि धेरै देखिएका छन् । कुल प्रमुख पदका उम्मेदवार १७ जना रहेका छन् भने उमप्रमुखका उम्मेदवार ८ जना मात्र रहेका छन् ।
२३ बर्षिया महिलाको मेयरमा उम्मेदवारी : मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट २३ बर्षिया तुलसा गुरुङ नगरप्रमुखको उम्मेदवार बनेकी छन् । प्रमुख पदमा उम्मेदवारी दिने उनी सबैभन्दा कम उमेरको उम्मेदवार हुन् ।त्यसैगरी सबैभन्दा कम उमेरको उप-प्रमुखको उम्मेदवार जनमत पार्टीले उठाएको छ । सो पार्टीले २४ बर्षिया आरति मल्लाहलाई उपप्रमुखको उम्मेदवार बनाएको हो ।
यी हुन् नगर प्रमुख र उप्रमुखका उम्मेदवारहरू
प्रमुख पदका उम्मेदवार : १७ जना
१. अनिता नेपाल -४१ बर्ष - स्वतन्त्र
२. अर्जुन कुमार गुरुङ - ३६ बर्ष - स्वतन्त्र
३. छविलाल भट्टराई - ३५ बर्ष - नेकपा (एकीकृत समाजवादी)
४. डम्बरबहादुर थापा - ६८ बर्ष - राष्ट्रिय जनमुक्ति पार्टी
५. देवराज ढकाल - ४२ बर्ष - स्वतन्त्र
६. ध्रुब प्रसाद खरेल - ५७ बर्ष - नेकपा (एमाले)
७. निर्मल दमाई - ५८ बर्ष - नेपाल दलित पार्टी
८. माधव प्रसाद उपाध्यय रिमाल - ५४ बर्ष - राष्ट्रिय प्रजातन्त्र पार्टी
९. मुक्त ब. राना - ४४ बर्ष - राष्ट्रिय जनमोर्चा
१०. विष्णु प्रसाद वाग्ले - ४६ बर्ष - स्वतन्त्र
११. सतइ मल्लाह - ४२ बर्ष - जनमत पार्टी
१२. सुरज भट्टराई - २४ बर्ष - स्वतन्त्र
१३. सुरज बस्याल - २४ बर्ष - स्वतन्त्र
१४. सृजना गुरुङ - २४ बर्ष - मंगोल नेशनल अर्गनाइजेसन
१५. हिरा बहादुर खत्री - ४९ बर्ष - नेपाली कांग्रेस
१६. हुमबहादुर अर्याल - ५१ बर्ष - स्वतन्त्र
१७. हुम बहादुर सारु - ४८ बर्ष - स्वतन्त्र
उपप्रमुख पदका उम्मेदवार - ८ जना
१. आरती मल्लाह : २४ बर्ष - जनमत पार्टी
२. इन्द्र ब. श्रेष्ठ - ३५ बर्ष - मंगोल नेशनल अर्गनाइजेसन
३. जसुन निसा मुसलमान - ४८ बर्ष - नेपाल दलित पार्टी
४. निर्मला घर्ती क्षेत्री - ४२ बर्ष - राष्ट्रिय प्रजातन्त्र पार्टी
५. प्रेम थापा मगर - ४५ बर्ष - स्वतन्त्र
६. विद्यालक्ष्मी गुरुङ - ४९ बर्ष - नेकपा एमाले
७. सरस्वती पोखरेल - ५५ बर्ष - नेकपा (एकीकृत समाजवादी)
८. सुन्दरी गिरि - ४६ बर्ष - नेकपा (माओवादी केन्द्र)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology