Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

सुजुकीको विद्युतीय सवारी ‘ई-भिटारा’ नेपालमा, भैरहवाको पाठक मोटर्स ग्रुपमार्फत बिक्री सुरु

सुजुकीको विद्युतीय सवारी ‘ई-भिटारा’ नेपालमा, भैरहवाको पाठक मोटर्स ग्रुपमार्फत बिक्री सुरु

images
  • सुजुकीको विद्युतीय सवारी ‘ई-भिटारा’ नेपालमा, भैरहवाको पाठक मोटर्स ग्रुपमार्फत बिक्री सुरु
    images
    images

    भैरहवा । जापानी अटोमोबाइल निर्माता सुजुकीले निर्माण गरेको नयाँ विद्युतीय सवारी ‘ई-भिटारा’ नेपालमा औपचारिक रूपमा भित्रिएको छ । नेपालका लागि सुजुकीको आधिकारिक वितरक सिजि मोटोक्रपले देशभर यसको सुपुर्दगी सुरु गरेको जनाएको हो । भैरहवामा उक्त सवारी पाठक मोटर्स ग्रुपमार्फत उपलब्ध हुने भएको छ ।

    images
    images
    images

    कम्पनीका अनुसार ई-भिटारा सुजुकीको नेपालमा आएको पहिलो पूर्ण रूपमा तयार गरिएको ब्याट्रीबाट सञ्चालन हुने विद्युतीय सवारी हो । अत्याधुनिक जापानी प्रविधि, स्तरीय सुरक्षा प्रणाली र दैनिक प्रयोगलाई सहज बनाउने सुविधासहितको यो सवारी नेपाली सडक र यात्राका लागि उपयुक्त रहेको कम्पनीको दावी छ । 

    images
    images
    images

    कम्पनीले पहिलो १०० बुकिङका लागि विशेष प्रारम्भिक मूल्यसमेत सार्वजनिक गरेको छ । ४८ दशमलव ८ किलोवाट-घण्टा क्षमताको ब्याट्री भएको मोडलको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने ६१ दशमलव १ किलोवाट-घण्टा क्षमताको मोडलको मूल्य ५३ लाख ९९ हजार रुपैयाँदेखि सुरु हुने जनाएको छ ।

    images
    images
    images

    ई-भिटारामा ४४० किलोमिटरदेखि ५४३ किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दाबी छ । ४९ किलोवाट र ६१ किलोवाट क्षमताका ब्याट्री विकल्पमा उपलब्ध यो सवारीले क्रमशः १०८ किलोवाट र १२८ किलोवाट शक्ति उत्पादन गर्ने क्षमता राख्छ ।

    कम्पनीका अनुसार सवारीमा ‘इको’, ‘सामान्य’ र ‘स्पोट्र्स’ गरी तीन प्रकारका सञ्चालन प्रणाली उपलब्ध छन् । साथै हिउँयुक्त सडकका लागि विशेष प्रणाली, पुनःऊर्जा सङ्कलन प्रणाली तथा एकै पेडलबाट सञ्चालन गर्न सकिने सुविधा पनि समावेश गरिएको छ ।

    डिजाइनतर्फ ई-भिटारालाई आधुनिक र आकर्षक बहुउपयोगी सवारीका रूपमा तयार गरिएको छ । यसमा एलईडी बत्ती प्रणाली, प्रोजेक्टर हेडलाइट, हावाको प्रवाहलाई सहज बनाउने मिश्रधातु चक्का तथा आधुनिक अगाडिको बनावट जस्ता विशेषता रहेका छन् ।

    सवारीको भित्री भागमा डिजिटल नियन्त्रण प्रणाली, आकर्षक ड्यासबोर्ड, काँचयुक्त माथिल्लो भाग, वातावरणअनुसार रङ परिवर्तन हुने बत्ती तथा उच्चस्तरीय ध्वनि प्रणाली जडान गरिएको कम्पनीले जनाएको छ । यसमा हावायुक्त सिट, विद्युतीय रूपमा मिलाउन सकिने चालक सिट तथा आवश्यकताअनुसार मोड्न मिल्ने पछाडिको सिट प्रणाली पनि रहेको छ ।

    सुरक्षाका दृष्टिले ई-भिटारामा उन्नत चालक सहायता प्रणाली, सातवटा हावाभरिने सुरक्षा थैली, विद्युतीय पार्किङ ब्रेक, चारै चक्कामा डिस्क ब्रेक, टायरको हावाको चाप मापन प्रणाली तथा आकस्मिक सहायता सेवा जस्ता सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

    नेपालभर रहेका ५७ वटा आधिकारिक सेवा केन्द्रमार्फत ग्राहकले बिक्रीपछिको सेवा सहज रूपमा पाउने कम्पनीको दाबी छ । कम्पनीले सन् २०३० सम्म थप ६ वटा नयाँ विद्युतीय सवारी सार्वजनिक गर्ने योजना रहेको जनाएको छ ।

    भैरहवाको चर्चित अटोमोबाइल्स कम्पनी पाठक मोटर्स ग्रुपले बिक्री सुरु गरेको विद्युतीय सवारी ‘ई-भिटार’ ले ग्राहकहरूको ध्यान आकर्षित गर्न थालेको छ । नेपाली सडक र यात्राका लागि उपयुक्त मानिएको यो अत्याधुनिक विद्युतीय सवारी अब भैरहवास्थित पाठक मोटर्स ग्रुपको सोरुमबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुजुकी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।