Logo

२०८३, आश्विन ९गते


images
images

देवदह इङलिश बोर्डिङ हाई स्कूलद्वारा एसईई उत्तीर्ण विद्यार्थी सम्मान

देवदह इङलिश बोर्डिङ हाई स्कूलद्वारा एसईई उत्तीर्ण विद्यार्थी सम्मान

images
  • देवदह इङलिश बोर्डिङ हाई स्कूलद्वारा एसईई उत्तीर्ण विद्यार्थी सम्मान
    images
    images

    देवदह । देवदह इङलिश बोर्डिङ हाई स्कूलले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ । बुधबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको मेहनत, लगनशीलता तथा उत्कृष्ट शैक्षिक उपलब्धिको कदर गर्दै सम्मान गरिएको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    यस वर्षको एसईई परीक्षामा विद्यालयबाट कुल  ६० जना विद्यार्थी  सहभागी भएका थिए । सहभागीमध्ये सफलतापूर्वक उत्तीर्ण भएका विद्यार्थीहरुलाई विद्यालयले औपचारिक कार्यक्रम आयोजना गरी सम्मान गरेको जनाइएको छ । विशेषगरी उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई  सम्मान पत्र प्रदान  गर्नुका साथै उनीहरुका अभिभावकहरुलाई समेत  खादा ओढाएर सम्मान  गरिएको थियो ।

    images
    images
    images

    कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका सदस्य भिमलाल काफ्लेले विद्यार्थीहरुको सफलता विद्यालय, अभिभावक र समग्र देवदह क्षेत्रकै गौरवको विषय भएको बताउँदै आगामी दिनमा अझ उच्च लक्ष्यसहित अघि बढ्न प्रेरणा दिएका थिए । उनले अनुशासन, मेहनत र सकारात्मक सोचले मात्र सफलता सम्भव हुने उल्लेख गरे ।

    images
    images
    images

    विद्यालयका प्राचार्य मनोज कुमार गैरेले विद्यार्थी, शिक्षक तथा अभिभावकबीचको सहकार्यका कारण विद्यालयले राम्रो नतिजा हासिल गर्न सफल भएको उल्लेख गर्दै आगामी शैक्षिक यात्राका लागि सम्पूर्ण विद्यार्थीहरुलाई शुभकामना दिएका थिए ।

    त्यस्तै सह–प्राचार्य मन बहादुर क्षेत्री ले विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्दै समाज र राष्ट्रका लागि योग्य नागरिक बन्न आग्रह गरेका थिए। विद्यार्थीहरुको उत्कृष्ट नतिजाले विद्यालयको शैक्षिक स्तरलाई थप उचाइमा पुर्‍याएको बताउँदै आगामी दिनमा गुणस्तरीय शिक्षामा विद्यालय अझ प्रतिबद्ध रहने धारणा व्यक्त गरे ।

    कार्यक्रममा विद्यालयकी  प्रबन्ध निर्देशक सुजाता लामिछाने , शिक्षक, अभिभावक, विद्यार्थी तथा विद्यालयका अन्य कर्मचारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। सम्मानित विद्यार्थीहरुले विद्यालयप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ राम्रो गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

     

    विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीहरुको मनोबल उच्च बनाउनुका साथै आगामी पुस्तालाई समेत प्रेरणा दिने विश्वास व्यक्त गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह इङलिश बोर्डिङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।