देवदह । स्थायी प्रहरी चौकी देवदहले राजमार्ग र आसपासका सडकमा विनाकाम हिडडुल र यात्रा गर्नेमाथी चेकजाँच कडा पारेको छ । केही दिनयता देवदहको मुख्य बजार खैरेनी-शितलनगर र आसपासका चोकमा हिडडुल र यात्रा गर्नेहरुको संख्यामा वृद्धि भएपछि चेकजाँचमा कडाइ गरिएको हो ।
सेतोमसीसंग कुरा गर्दै देवदह स्थायी प्रहरी चौकीका इन्चार्ज दिपक महत क्षेत्रीले राजमार्ग र मुख्यचोकहरुमा अनावश्यक जम्मा हुने र हिडडुल गर्नेहरुलाई सम्झाई बुझाई गरेर छाडिएको बताए । सरकारले तयार गरेका सुरक्षा मापदण्ड हाम्रै सुरक्षाको लागि भएकोले नागरिकहरु यसबारे गम्भीर हुनुपर्ने बताउँदै इन्चार्ज क्षेत्रीले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किएर आफ्नो, आफ्नो परिवार र आफ्नो समुदायमा बस्ने सबैको सुरक्षाका लागि सहयोग गर्न नगरवासीलाइ अनुरोध गरे ।
केही दिन अघिमात्र देवदहका मुख्य चोक र बजार क्षेत्रमा अनावश्यक मान्छे जम्मा हुने र गफ चुटेर बस्ने गरेको तथा स्थानीय प्रहरी प्रशासनलाइ समाजका केही जान्नेबुझ्ने भन्नेहरुले नै नटेरेको गुनासो स्थानीयबाटै सेतोमसीलाई प्राप्त भएको थियो । गुनासो गर्ने मध्य केही स्थानीयले देवदहमा प्रहरी जनशक्ति प्रयाप्त नरहेको जनाउँदै थप जनशक्ति आवस्यकता रहेको औंल्याएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology