Logo

२०८३, आश्विन १०गते


images
images

टिकट वितरणमा व्यक्ति हावी भएको भन्दै देवदहमा एमाले कार्यकर्ताद्वारा विरोध प्रदर्शन

टिकट वितरणमा व्यक्ति हावी भएको भन्दै देवदहमा एमाले कार्यकर्ताद्वारा विरोध प्रदर्शन

images
  • सेतोमसी सहकर्मी
  • टिकट वितरणमा व्यक्ति हावी भएको भन्दै देवदहमा एमाले कार्यकर्ताद्वारा विरोध प्रदर्शन
    images
    images

    देवदह । उम्मेदवार छनौटमा पार्टी नेतृत्वले विवेक नपुर्याएको भन्दै देवदहमा नेकपा एमालेका कार्यकर्ताहरूले बिरोध जनाएका छन् । स्थानीय एमाले नेता कार्यकर्ताले सामाजिक संजालमा मात्रै नभएर नारा जुलुस नै गरेर बिरोध जनाएका हुन् ।

    images
    images
    images

    पार्टी केही व्यक्तिको सिन्डिकेटमा चलेको भन्दै नेता कार्यकर्ताहरूले आइतबार पार्टी नेताद्वय छविलाल विश्वकर्मा र डा. कृष्ण न्यौपाने लगायत अन्य स्थानीय नेता विरुद्ध नारा जुलुस समेत गरेका छन् । उनीहरूले लामो समय देखि पार्टीमा इमानदार भएर काम गरेका नेतालाई टिकट नदिएर आफ्ना नजिकका मान्छेलाई टिकट दिईएको भन्दै बिरोध जनाए ।

    images
    images
    images

    यस विषयमा सेतोमसीसंग कुरा गर्दै  देवदहका पार्टी उपसचिव अजय रौनियारले एमालेमा व्यक्तिवाद हावी भएको हुनाले अहिलेको स्थिति सिर्जना भएको बताए । पार्टी प्रणालीबाट नभई सिमित व्यक्तिको गोजीबाट टिकट बाडिएकोले धेरै इमानदार कार्यकर्ताको मन दुखाएको उल्लेख गर्दै उनले यहि स्थिति सिर्जना रहे हजारौं पार्टी सदस्यहरू पार्टीमा निष्क्रिय हुनुपर्ने अवस्था आउन सक्ने बताए ।

    images
    images
    images

    त्यसैगरि, टिकट वितरणमा मनोमानी भएको भन्दै एमालेका अर्का कार्यकर्ता घनश्याम भण्डारीले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । पार्टी नेताको नाम नै किटेर उनी विरुद्ध सामाजिक संजालमा सार्वजनिक स्टाटस लेख्दै उनले पार्टीमा फोहोरी खेल सुरुभएको बताएका छ्न ।                     हेर्नुस् भिडियो :

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # नेकपा एमाले
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।