Logo

२०८३, आश्विन ९गते


images
images

रुपन्देहीका कृष्ण श्रेष्ठलाइ दशाैं बुटवलश्री' शारीरिक सुगठन प्रतियोगिताको उपाधि

रुपन्देहीका कृष्ण श्रेष्ठलाइ दशाैं बुटवलश्री' शारीरिक सुगठन प्रतियोगिताको उपाधि

images
  • रुपन्देहीका कृष्ण श्रेष्ठलाइ दशाैं बुटवलश्री' शारीरिक सुगठन प्रतियोगिताको उपाधि
    images
    images

    बुटवल । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघकाे आयोजनामा भएको अन्तर लुम्बिनी, गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता हिजो शनिबार बुटवलमा सम्पन्न भएको छ । उक्त कार्यक्रम रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठकाे अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

    ७५ केजी वजन समुह बिजेता भइ फाईनल चरणमा पुगेका फिटनेस टाइम सैनामैनका कृष्ण श्रेष्ठ औभरअल च्याम्पियन बन्न सफल भए । उनले प्रतियोगितामा सहभागी ६० जना प्रतिस्पर्धी खेलाडीहरुकाे चुनाैतीलाइ पाखा लगाउदै 'दशाैं बुटवल श्री' को उपाधिसंगै १ लाख नगद र आकर्षक ट्रफि हात पारे । प्रतियोगिताकाे ५५ केजी तौल समूहतर्फ क्रमशः नेपालगंज एच एण्ड एफका सबिन थापा प्रथम भलु भैरब जिम सुनवलका सुरज बहादुर बराल द्वितीय र फिटनेस हब बुटवलका स्यामुल गुरुङ्ग तृतीय भए। ६० केजि वजन समुहमा हेल्थ बेनफिट नेपालगंज बाकेका सिद्धान्त जसेरिया प्रथम मदन भण्डारी स्पोटर्स एकेडमी सुर्खेतका अमृत रोकाय क्षेत्री दोश्रो मोटिभेसन जिमका माधव सुवेदी तृतीय भए ।

    त्यस्तै ६५ केजी तौल समूहमा रत्नश्री जिम पोखराका सुरेश लाना प्रथम, भलु भैरब जिम एण्ड फिटनेसका लेख बहादुर गुरुङ्ग दोश्रो र पाबर जिम पोखराका संजिब पुन तेस्रो बने । ७० केजी वजन समुहमा एक्सट्रिम फिटनेस क्लब रुपन्देहीका मान बहादुर राना प्रथम, हेमर फिटनेसका राकेस यादब दोश्रो र भुमही जिम एण्ड फिटनेसका नवराज डुम्रे तेस्रो स्थानमा चित्त बुझाए। त्यसैगरी ७५ केजी बजन समुहममा फिटनेस टाइम मुर्गिया का कृष्ण श्रेष्ठ प्रथम, नेपाल जिम एण्ड फिटनेसका अनिश थापा दोश्रो तथा मिड वेस्टर्न फिटनेस सेन्टरका सुरेन्द्र थापा तृतीय बन्न सफल भए ।

    त्यसैगरी ७५ केजी वजन भन्दा माथिको समुहमा प्याराडाइज फिटनेस सेन्टरका विवेक सिह दर्लामी प्रथम, हेल्थ वेनिफिट नेपालगंजका सितान्शु पाण्डे दोश्रो र रोयल जिम एण्ड फिटनेसका कुशल गुरुङ्ग तेस्रो स्थान भएको रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघका सचिब तथा राष्ट्रिय निर्णायक राजकुमार श्रेष्ठले बताए । प्रत्येक वजन समूह प्रथम दाेश्राे र तेस्रो भएका खेलाडीहरुले मेडल, प्रमाणपत्र प्राप्त गरेको थिए।दाेश्राे र तेस्रो हुने खेलाडीहरूले जनही क्रमशः ५ हजार र तीन हजार नगद हात पारे। ताैल समुहबाट प्रथम बन्दै छनाैट चरण पार गरेका ६ जना बिजेता खेलाडीहरुले अन्तिम प्रतिस्पर्धामा भाग लिएका थिए ।

    प्रतिस्पर्धात्मक फाइनल राउन्डमा अन्य पाँच जना बिजयी खेलाडीलाई उछिनेर कृष्ण श्रेष्ठ च्याम्पियन बन्न सफल भए । बिजेता बनेका उनले १ लाख नगदसँगै विभिन्न उपहार समेत प्राप्त गरे। प्रतियोगितामा उपविजेता भएका अन्य ५ खेलाडीहरुलाइ उपहारहरू संगै जनही १० हजार र ट्रफी र उपहारहरु प्रदान गरिएको थियो ।


    प्रतियोगिताकाे निर्णय मुख्य निर्णायक श्याम श्रेष्ठ, अन्तराष्टिय निर्णायक क्रमश बुद्धि जंग कार्की, केशव बहादुर शाक्य नानीकाजी डंगोल तथा राष्ट्रिय निर्णायकहरु शिवध्वज राई, राज कुमार श्रेष्ठ, सुरज श्रेष्ठले गरेका थिए । उक्त कार्यक्रमकाे संचालन सुमन श्रेष्ठले तथा मार्शलकाे भुमिका ले उत्सब अधिकारीले निर्वाह गरेका थियो । कार्यक्रमका विशिष्ट अतिथीका रुपमा बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती तथा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जय प्रकाश भट्टराईकाे समेत उपस्थिति थियो ।

    पुरस्कृत खेलाडीहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथिहरु तथा काठमाडौ जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष सुरेस नगर खेलकुद बिकास समितीका अध्यक्ष नन्दु काउचा रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठ लगायतले विजयी खेलाडीहरुलाइ नगद, ट्रफी सहित पुरस्कारहरु प्रदान गरेका थिए। उक्त प्रतियोगिताकाे प्रायोजन फिटनेस च्वाइस बुटवलले गरेको थियोे ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।