Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ- राष्ट्रपति पौडेल

प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ- राष्ट्रपति पौडेल

images
  • प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ- राष्ट्रपति पौडेल
    images
    images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताएका छन् । राष्ट्रपति पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताएका हुन् ।  

    images
    images
    images

    उनले लोकतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनहरूमा प्रेसको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता केवल सञ्चार क्षेत्रको विषय मात्र नभई नागरिकको सुसूचित हुन पाउने संवैधानिक अधिकार कार्यान्वयनसँग जोडिएको बताएका छन् । 

    images
    images
    images

    प्रेस जति निष्पक्ष, स्वतन्त्र र सबल हुन्छ, लोकतान्त्रिक व्यवस्था पनि त्यति नै मजबुत हुने बताउदै उनले पत्रकारहरूलाई सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

    images
    images
    images

    उनले संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको उल्लेख गर्दै सूचना सङ्कलनदेखि प्रवाहसम्मको प्रक्रिया स्वतन्त्र र अवरोधरहित हुनुपर्ने बताउदै यसमार्फत सबै वर्ग र समुदायको आवाज प्रभावकारी रूपमा उठ्नुपर्ने उनको धारणा व्यक्त गरेका छन् ।

    राष्ट्रपतिले अपुष्ट, भ्रामक र आधारहीन सूचनाले नागरिकलाई दिग्भ्रमित पार्ने र सही विचार निर्माणमा बाधा पुर्‍याउने बताउदै स्वतन्त्र पत्रकारिताले सत्यको खोजी र तथ्यमा आधारित सूचना प्रवाह गर्दै समाजमा सही कुरा स्थापित गर्न ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन् ।

    उनले भनेका छन्- ' नागरिकलाई दिग्भ्रमित गर्ने अपुष्ट, भ्रामक, र आधारहीन प्रकाशन र प्रसारणका सूचना संप्रेषण गर्ने तथा आम नागरिकलाई सही विचार निर्माण गर्न बाधासमेत उत्पन्न गर्ने गर्दछ । त्यसैले स्वतन्त्र पत्रकारिताले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही र सत्य कुरा स्थापित गर्न विशेष ध्यान दिनु पर्दछ भन्ने मलाई लाग्दछ ।' 

    बढ्दो सामाजिक सञ्जालको प्रयोगसँगै फैलिन सक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई भ्रमित पार्ने तथा प्रणाली कमजोर बनाउने चुनौती रहेको उल्लेख गर्दै उनले यस्ता चुनौती सामना गर्दै सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्न नेपाली सञ्चार क्षेत्रलाई यो दिवसले थप ऊर्जा र प्रेरणा दिने विश्वास उनले व्यक्त गरेका छन्।

    राष्ट्रपति पौडेलले संविधानले दिएको अधिकारको पूर्ण प्रयोग र संरक्षण गर्दै निर्भय रूपमा सक्रिय भई आमनागरिकसम्म सत्य सूचना पुर्‍याउन सञ्चार क्षेत्र सधैँ सफल रहोस् भन्ने कामना गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रेस
  • # राष्ट्रपति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।